प्रचण्ड भन्छन् - 'मर्न समेत तयार छु'
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आदिवासी जनजाति आन्दोलनका लागि आफू कहिल्यै नडराउने बताउँदै त्यसका लागि मर्न समेत तयार रहेको बताएका छन् ।
राजधानीमा आयोजित आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको भेलामा पुगेका प्रचण्डले आदिवासी जनजातिका पक्षमा आफूले कहिल्यै पनि खुट्टा नकमाउँने बरु ज्यान दिन तयार हुने बताएका हुन् ।
आइतबार राजधानीको सामाखुशीस्थित एक पार्टी प्यालेसमा आयोजित आन्दोलनकारी दलको संयुक्त भेलामा पुगेका प्रचण्डले यस्तो आश्वासन आदिवासी जनजातिलाई दिएका हुन् ।
सोही अवसरमा प्रचण्डले सबै आन्दोलनकारीलाई समेटेर एउटै हेडक्वार्टर बनाउनुपर्ने प्रस्ताव समेत अघि सारेका छन् । प्रचण्डले कांग्रेस एमालेको प्रतिरोध गर्न तत्कालै स्वयंसेवक दस्ता गठन गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि समेत सबैलाई तयार हुन अनुरोध गरेका छन् ।
उक्त भेलामा प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाका नेताहरुका साथै पदमरत्न तुलाधरको नेतृत्वमा रहेका राष्ट्रिय आन्दोलनका आदिवासी जनजाति नेताको उपस्थिति थियो ।

प्रकाशित मिति:
January 11, 2015