चीनको प्रतिस्पर्धाका लागि भारतले युद्धकजहाजमा आठ अर्ब अमेरिकी डलर लगानी गर्ने
फागुन । भारतले स्थानीय उत्पादन वृद्धि गर्ने तथा चीनसँगको प्रतिद्वन्द्वीपनाको क्षमता वृद्धि गर्ने दुई पक्षीय उद्देश्यमा सात युद्धकजहाज निर्माण गर्न आठ अर्ब अमेरिकी डलर बराबरको योजनालाई स्वीकृति प्रदान गरेको जानकारी प्रतिरक्षा मन्त्रालयका अधिकारीले बिहीबार दिएका छन् ।
चीनको आधुनिक नौसैनिक युद्धक प्रणालीसँग भारतको वर्तमान क्षमता हाल कमजोर भएको अवस्थामा यस्तो रिक्तपना कम गर्न तथा भारतमै प्रतिरक्षा उपकरण उत्पादन गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा यस योजनालाई एक पाइलाको रूपमा लिइएको छ ।
पाकिस्तान तथा चीनका छिमेकी भारत हाल आफ्नो पुरानो सैनिक ‘हार्डवेयर’ प्रतिस्थापन गर्न अरबौँ अमेरिकी डलर बराबर लगानी गर्ने अवस्थामा रहेको छ । हालै उसले प्रतिरक्षाको क्षेत्रमा विदेशी लगानीको सीमालाई हटाएको छ ।
मन्त्रिपरिषद्को सुरक्षासम्बन्धी समितिले स्थानीय बन्दरगाहमा राडरबाट पत्ता लगाउन नसकिने सातवटा युद्धकजहाज निर्माण गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको प्रतिरक्षा मन्त्रालयका एक स्रोतले सोमबार एएफपीलाई बताए ।
चारवटा युद्धक जहाज मुम्बईस्थित माजागन बन्दरगाहमा निर्माण गरिनेछ भने कोलकाताको गार्डेन रिच सिपबिल्डर्स एन्ड इन्जिनियर्समा बाँकी तीन जहाज निर्माण हुनेछ ।
प्रकाशित मिति:
February 19, 2015