मोरङ ७ वैशाख । मोरङको धनपालथान–३ मा सञ्चालित विराट पोल्ट्री फार्मको फोहोर र त्यसबाट उत्पादित झिँगाका कारण स्थानीयवासी हैरान भएका छन् । झिँगा व्यवस्थापन नगरेका कारण स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी इन्दिरा उप्रेतीको भनाइ छ ।
पोल्ट्री फार्मबाट निस्केको दुर्गन्ध र झिँगाका कारण सोराभाग, रङ्गेली, बबियाविर्ता र दर्वेशाका स्थानीयवासी हैरान भएको उप्रेतीको भनाइ छ । पोल्ट्री फार्मको कुखुराको सुली मानवबस्ती नजिकै फाल्दा त्यसबाट उत्पादित दुर्गन्ध र झिँगाका कारण गाउँमा बस्नै नसक्ने अवस्था आएको स्थानीय चटपटे व्यापारी प्रकाश साहको भनाइ छ ।
स्थानीयवासीले प्रदूषण नियन्त्रण गर्नुपर्ने, झिँगा नियन्त्रण गर्नुपर्ने, स्वास्थ्यमा खेलबाड गर्न नपाइने माग राखेको झिँगा तथा प्रदूषण विरुद्धको सङ्घर्ष समितिकी सचिव इन्दिरा उप्रेतीको भनाइ छ ।
उनले भने, “पाँचपटक सिडिओ कार्यालय, उद्योग सचिव र उद्योग मन्त्रालयमा नै पुगेर ज्ञापन दिएपनि सम्बन्धित निकायले बेवास्ता गरेको छ, मागप्रति कुनै सुनुवाइ भएको छैन ।”
झिँगाका कारण स्थानीयवासीले भने घरमा पूजाआजा, विवाह व्रतबन्ध केही ग¥यो भने कोही पनि आएर खाना नखाने गरेको बताइएको छ । सो क्षेत्रमा दुई हजार घरधुरीका ६ हजार व्यक्ति बस्दै आएका छन् । रासस
Powered by Blogger.
धनपालथानमा झिँगाले स्थानीयवासी हैरान
प्रकाशित मिति:
April 20, 2017