चितवन, ३१ चैत । स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिएका छन् ।
विद्यार्थी कालदेखि नै नेपाली काँग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा दिएका छन ।
अझै ११ वर्ष सेवा अवधि बाँकी रहँदा सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रारसमेत रहेका घिमिरे काँग्रेसका अन्य आकांक्षीको लाममा जागिर छोडेर उत्रिएका हुन् । त्रिचन्द्र कलेज काठमाडौँबाट आइएसीएजी, कृषि क्याम्पस रामपुरबाट बिएस्सी एजी र जापानको ओकायामा विश्वविद्यालयबाट एमएस्सी एजी एवम् सोही विश्वविद्यालयबाट विद्यावारिधि गरेका घिमिरेले विसं २०४७ सालदेखि कृषि क्याम्पस रामपुरमा पढाउँदै आएका थिए उनले अणुवंशिक विषयमा विद्यावारिधि गरेका छन ।
विद्यालयदेखि नै राजनीतिमा सक्रिय घिमिरे त्रिचन्द्र क्याम्पसको नेविसङ्घ एकाइका अध्यक्ष, कृषि क्याम्पस रामपुरमा नेविसङ्घका तर्फबाट दुई पटकसम्म स्ववियु सभापतिको उम्मेदवार भई पराजित भएका थिए।
Powered by Blogger.
मेयर पदमा लड्न विशिष्ट श्रेणीको प्राध्यापक पदबाट राजीनामा
प्रकाशित मिति:
April 13, 2017