नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा विलय
काठमाडौं ३१ चैत
टंक राईले नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा नेकपा माओवादी केन्द्रमा विलय भएको छ ।
विगत चार दशकभन्दा बढी समयदेखि नेपाल कम्युनिष्ट आन्दोलनमा सक्रिय राईले नेतृत्व गरेको पार्टी बिहीबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरी एकता घोषणा गरिएको हो ।
एकता घोषणासँगै टंक राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइएको छ । त्यसैगरी रामहरि कार्की र अम्बेर राईलाइ पोलिटव्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।
राई खोटाङबाट ०४८ र ०५१ मा नेकपा एमालेका सांसद बनेका थिए । एमाले बिभाजनपछि उनी नेकपा मालेमा थिए । माले महासचिव सीपी मैनालीसँग बैचारिक मतभिन्नता पछि राईले नेपाल कम्युनिष्ट पार्टी गठन गरी निर्वाचन आयोगमा दर्तासमेत गराएका थिए ।
प्रकाशित मिति:
April 13, 2017