चीनसँग पछि हट्यो भारत, दोक्लमबाट भारतीय सेना फिर्ता
काठमाडौं १२ भदौ
भारतले चीनसँग पछि हटेको छ । चीनसँगको साढे दुई महिना लामो तनाव झेल्दै भारतले दोक्लमबाट आफ्ना सेना फिर्ता लिएको छ ।
ग्लोबलटाइमको अनलाइन संस्करणले भारतीय सेना फिर्ता भएको पुष्टि गरेको चिनियाँ विदेशमन्त्रीको भनाई उदृत गर्दै पुष्टि गरेको छ ।
दोक्लम क्षेत्र चीन र भुटान दुवैले दाबी गर्दै आएको क्षेत्र हो । सो क्षेत्रमा भुटानको सहयोगका लागि भन्दै भारतले आफ्ना सेना खटाएको थियो । लगत्तै चीनले थप सैन्य खडा गर्दै भारतलाई सेना फिर्ता गर्न दबाब दिँदै आएको थियो । भारतले आफ्ना सेना फिर्ता लिएसँग तत्कालका लागि युद्धको खतरा समेत टरेको छ ।
ब्रिक्स सम्मेलनमा भाग लिन जाने केही दिनअघि भारतले आफ्ना सेना हटाउने निर्णय गरेको हो । भारतले आफ्ना सेना फिर्ता गरेपनि चीनले भने आफ्ना सेनाले सो क्षेत्रमा गस्ती गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
August 28, 2017