तराईमा रातभरी पानी पर्ने भन्दै हाई अलर्टका लागि सुझाव
काठमाडौं ११ भदौ
नेपालको तराई तथा पहाडी क्षेत्रमा अविरल वर्षासँगै डुबान तथा पहिरोमा परी ठूलो जनधनको क्षति भएको करिब दुई हप्ताको अवधीमा नै पुनः ठूलो वर्षा हुने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले पूर्वका झापा, मोरङ र सुनसरी तथा तराईका सिराहा र सप्तरीमा पुनः ठूलो वर्षासँगै बाढीको सम्भावना औँल्याएको हो । महाशाखाले ती क्षेत्रहरुमा ठूलो वर्षा हुने अनुमान गरेको छ ।
पूर्वका मेची नदी, विरिङ, कन्काई र सुनसरीमा बाढीले खतराको तहसम्म पुग्ने जनाएको छ। कोशी, बाग्मती, नारायणीमा भने खतराको तहसम्म नदीको बाढी नपुग्ने जनाएको छ।
महाशाखाले चुरे र महाभारत पर्वत हुँदै बग्ने नदीहरूमा बाढीको सम्भावना रहेको जनाएको छ। महाशाखाले नदी किनारामा काम नगर्न सुझाएको छ।
प्रकाशित मिति:
August 27, 2017