कुलमानलाई हटाउन खोजिएकै हो त !
काठमाडौं १३ भदौ
हिउदमा १८ र वर्षामा १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको नेपालमा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी बनेर आएपछि एकाएक लोडसेडिङ अन्त्य हुन पुग्यो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र माओवादी नेता जनार्दन शर्मा उर्जा मन्त्री भएको बेला अन्य बरिष्ठलाई नचुनेर घिसिङलाई कार्यकारी बनाइएको थियो । उक्त निर्णयले लोडसेडिङ अन्त्य हुन पुगेकाले सर्वसाधरणको हितमा समेत देखियो ।
अहिले सरकार र उर्जामन्त्री समेत परिवर्तन भएको अवस्थामा घिसिङलाई हटाउने प्रपञ्च रचिएको खबर बाहिर आएपछि चौतर्फी यस विषयमा चासो बढेर गएको छ ।
नागरिक दैनिकलले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेको खबर छापेको छ ।
गर्त बर्षको भदौं २९ गते चार बर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको दाबी नागरिकको छ।
लोडसेडिङ सधैंका लागि अन्त्य गरी‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको बताइएको छ ।
घिसिङ, राजिव शर्मा, प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ५ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार श्रोतको भनाई छ ।
प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिपारिक सम्पत्ति विवरण फारम (१३ पाने) भर्न तल्लीन छन् । घिसिङलाई हटाउने अन्य उपाय नभएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियारलाई गुहारेको समेत दाबी समाचारमा छ ।
कार्यकारी घिसिङद्धारा खण्डन
प्रमुख कार्यकारी घिसिङले भने यो कुरा निराधर भएको भन्दै खण्डन गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको उनले बताएका छन् ।
मंगलबार बिज्ञप्ति जारी गर्दै घिसिङले उर्जा मन्त्री शाहीको नेतृत्वमा समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम भइरहेको समेत जानकारी दिएका छन् ।
हुन सक्छ हटाउने खेल
कार्यकारी प्रमुख घिसिङले यस्तो भनिरहे पनि भित्रभित्रै उनलाई हटाउन समूह लागि परेको बताइन्छ । उनलाई हटाएर विद्युतमा मनपरी गर्न ठूलो समूह नै लागि परेको र त्यो समूहले मन्त्रीलाई समेत प्रलोभनमा पार्ने प्रयास गरिरहेको स्रोत बताउँछ । यद्यपी, अख्तियारले सम्पत्ति विवरण भराउन भने सबैलाई छुट रहेको छ ।
प्रकाशित मिति:
August 29, 2017