माओवादीले भंग गर्यो ३३ सदस्यीय हेडक्वार्टर
काठमाडौं ११ भदौ
नेकपा माओवादी केन्द्रले पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको केन्द्रीय कार्यालय अर्थात हेडक्वार्टर विघटन गरेको छ । २०७३ जेठमा विभिन्न पार्टी एकता माओवादी केन्द्रले ३३ सदस्यीय हेडक्वार्टर गठन गर्दै पार्टीको सबैभन्दा माथिल्लो अंग बनाएको थियो ।
माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले भने कार्यालयलाई भंग गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको केन्द्रीय कार्यालय विघटन भएको र केन्द्रीय सचिवालयलाई पार्टीको सबैभन्दा माथिल्लो अंगका रुपमा लिने निर्णय भएको जानकारी दिइन् ।
विभिन्न माओवादी घटकको एकतापछि ३३ सदस्यीय सबैभन्दा माथिल्लो पार्टीको निकायको रुपमा केन्द्रीय कार्यालय बनेको थियो । त्यस्तै, ९९ सदस्यीय सचिवालय तथा २ सय ९९ सय सदस्यीय पोलिटब्यूरो गठन भएको थियो ।
माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य समेत क्रमश विस्तार हुँदै अन्तिम समयसम्म चार हजार ९ सय ९९ सदस्यीय गठन भएको थियो ।
माओवादीले दुई अंकको आयोजक समिति गठन गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा केन्द्रीय कार्यालय भंग गरेको हो ।
विघटित केन्द्रिय कार्यालय सदस्य मणि थापाले ३३ सदस्यीय केन्द्रीय कार्यालयलाई ९९ रुपान्तरण गरिएको बताए । विभिन्न पार्टीहरुसँग एकताका क्रममा नेतृत्वमा समानता ल्याउन केन्द्रीय कार्यालयलाई सचिवालयमा रुपान्तरण गरिएको उनको भनाई छ ।
‘माथिल्लो अंगको रुपमा सचिवालयका सबै नेता कार्यकर्तालाई समेटेर फङसनल बढी बनाउन कार्यालयलाई सचिवालयमा रुपान्तरण गरिएको हो,’ उनले भने, ‘ पार्टी एकतामा आउने नेताहरुबिच समानता ल्याउनका लागि पनि यो गरिएको हो ।’
यसअघि हालै बसेको सचिवालय बैठकले करिब चार हजार सदस्यीय आयोजक समिति भंग गर्ने र दुई अंकको बनाउने निर्णय गरेको थियो । बैठकले सात प्रदेशबाट दुई अंकको आयोजक समिति बनाउने एजेण्डालाई अनुमोदन गराएर कार्यान्वयन गर्ने निर्णय गरेकोमा १ नम्बर प्रदेश बाहेकका प्रदेशबाट अनुमोदन समेत भईसकेको छ । भोलि बस्ने प्रदेश एकको बैठकले दुई अंकको आयोजक समिति बनाउने सचिवालयको निर्णय अनुमोदन गरेसँगै दुई अंकको आयोजक समिति गठनका लागि माथिल्लो निकायलाई बाटो खुल्नेछ ।

प्रकाशित मिति:
August 27, 2017