नबिल बैंकद्धारा सेयरधनीलाई ३० प्रतिशत बोनश, १८ प्रतिशत नगरको घोषणा
काठमाडौं ११ भदौ
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनशसहित ४८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले सेयरधनीका लागि यस्तो घोषणा गरेपनि नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारणसभाबाट पारित हुन भने बाँकी छ ।
बोनश वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख ५९ हजार रुपैंया पुग्ने भएको छ ।
गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड ५५ लाख सात हजार रुपैंया रहेको छ ।

प्रकाशित मिति:
August 27, 2017