दिल्ली पुगे प्रधानमन्त्री
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा ६० सदस्यीय टोलीसहित पाँचदिने औपचारिक भ्रमणको क्रममा दिल्ली पुगेका छन् ।
नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेको नेपाली टोलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागत गर्न पुगेकी थिइन् ।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।
भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज अपराह्न उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।
प्रकाशित मिति:
August 23, 2017