खोटाङका माननिय पत्नीलाई नै दिक्क बनाउने काठमाडौंबाट लगेको सुन्तलाको बोट !
काठमाडौं २३ भदौं
सुन्तलाको बोट काट्दै सांसद भट्टराई |
यतिसम्म कि सुन्तलाले उत्पादन नदिएपछि उनकी श्रीमतीले समेत दिक्क भएर सुन्तला काटेर साग रोप्न सुझाव दिएकी दिन परेको थियो ।
चार वर्ष अघि असार महिनामा झरीमा दुःखका साथ काठमाडौंबाट गतिलो भनेर सुन्तलाको बिरुवा लिएर रोपेको तर उत्पादन नै नदिएपछि काट्न परेको उनले बताए ।
सांसद भट्टराईका अनुुसार उनले किर्तिपुरस्थित बागबानी केन्द्रबाट सय रुपैयाँ तिरेर बिरुवा खरिद गरेका थिए । अफ सिजनमा पाक्ने र राम्रो सुन्तला भएको भनेपछि उनले पनि खरिद गरेका थिए । तर उत्पादन नै नदिएपछि काट्न परेको उनले बताए ।
श्रीमतीको सल्लाह पनि सुन्तला फालेर राग रोपौं भन्ने भएपछि श्रीमतीको सल्लाह अनुसार समेत बिरुवा काटिएको उनी बताउँछन् । ‘असारको झरीमा काठमाडौदेखि बडो कष्टपुर्ण तरिकाले ल्याएर रोपेको यो गतिलो भनिएको सुन्तलाले राम्रो उत्पादन नदिएपछि ढाल्नुको विकल्प रहेन। घरछेउको यो बोटले फल नदिएपछि दिक्क हुदै घर सम्हाल्दै बसेकी धर्मपत्नीले भनिन- बरु यी बोटहरु ढालेर साग रोपौ।’ सांसद भट्टराईले फेसबुसमा फोटो हाल्दै भनेका छन् ' उनकै आदेशको पालना गर्दैछु ।'

प्रकाशित मिति:
September 08, 2017