ओलीसँग बदला लिन माधव नेपाल पक्षको यस्तो आयो रणनीति
काठमाडौं २६ भदौ ।
स्थानीय तहको निर्वाचन अन्तर्गत २ असोजमा हुने प्रदेश दुईको निर्वाचनमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले बरिष्ठ नेता माधव नेपाल पक्षलाई धरापमा पारेपछि नेपाल पक्षधर नेताहरु काउन्टर अट्याटमा उत्रिएका छन् ।
रौतहटमा ओली पक्षधरको खासै संगठन नै नभएपनि माधव नेपाललाई कमजोर बनाउने उद्देश्यले ओली पक्षका उद्धव प्रसाद रेग्मीलाई चन्द्रपुर नगरपालिकाकाे मेयरको उम्मेदवार बनाइएको थियो । नेपाल पक्षधर बाबुरामलाई पनि टिकट दिइएको थियो भने ओली पक्षधरलाई पनि । नेपाल पक्षधर उम्मेदवारी दिन पुग्न अगाडी नै ओली पक्षधरले सुटुक्कै उम्मेदवारी दर्ता गरेका थिए ।
ओली पक्षले यस्तो गरेपछि नेपाल पक्षले टिकट दिने व्यक्ति सत्यनारायण मण्डललाई कारबाहीको माग गरेका छन् । मण्डलले पदीय दुरुपयोग गरी चन्द्रपुर नगरपालिकाको मेयरमा पार्टीले निर्णय गरेभन्दा फरक व्यक्तिलाई आधिकारिकता प्रदान गरेको भन्दै नेकपा एमालेको रौतहट जिल्ला कमिटीले नै स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डललाई कारबाहीके माग गरेको छ ।
एमाले जिल्ला प्रचार बिभाग प्रमुख विपिन गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको कुनै पनि आधिकारिक निकाय र कमिटीबाट निर्णय नै नभएका व्यक्तिलाई आफ्नो हस्ताक्षरको दुरुपयोग गरी आधिकारिक पत्र (टिकट० दिई पार्टी हित विपरित आम कार्यकर्ता र समर्थकलाई निराश बनाउने र पार्टी पद्धति विपरितको कार्य गरेकाले तत्काल कारवाही गर्न केन्द्रीय कमिटी समक्ष माग गर्दछौं ।’
एमालेले २ नम्बर प्रदेशको टिकटमा हस्ताक्षर गर्ने आधिकारिक व्यक्ति मण्डललाई तोकेको थियो । उनी ओली पक्षका हुन् ।
एमालेले शुरुमा चन्द्रपुर नगरपालिकाको मेयरको टिकट बाबुराम दाहाललाई निर्णय गरेको थियो । तर, मण्डलले उद्धब रेग्मीलाई आधिकारिक उम्मेदवार बनाएपछि विवाद भएको अहिले एमालेभित्र बबण्डरका रुपमा फैलिएको छ ।
ओलीको पासोमा यसरी परेका थिए माधव नेपाल, जहाँ उनले आफू पक्षका नेताको टिकट गुमाउन परेको थियो ।
प्रकाशित मिति:
September 11, 2017