प्रचण्डको चाय फोटोले ओलीदेखि नेपालसम्मलाई तनाब
काठमाडौं १६ भदौ
स्थानीय तहको निर्वाचन अन्तर्गत दुई असोजमा हुने प्रदेश दुईको निर्वाचनमा दलहरुको ध्यान केन्द्रित बनेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हप्ता दिनदेखि प्रदेश दुईमै अड्डा जमाएर बसेका छन् । विराटनगरमा प्रदेश एकको प्रशिक्षण सकेर जनकपुर हुँदै विभिन्न जिल्लामा उनले दौडधुप गरिरहेका छन् ।
यसै क्रममा उनले सडकमा सर्वसाधरणसँग बसेर चाय (चिया) पिउँदै गरेको त कहिले जनकपुरमा मर्निङ वाक गर्दै गरेको फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । उनका सहयोगीमार्फत सार्वजनिक फोटोले भने एमाले अध्यक्ष केपी ओलीदेखि बरिष्ठ नेता माधव नेपालसम्मलाई तनाब दिएको थाहा हुन आएको छ ।
अध्यक्ष दाहाल जनतासँग चिया पिउने, बिहान मर्निङ वाक गर्ने गरिरहेको अवस्थामा एमाले नेता माधव नेपाल जनकपुर पुगेका थिए । उनलाई भने कालो झण्डा देखाईएको थियो । जनताले एमालेलाई कालो झण्डा देखाउने तर प्रचण्डसँग भने सँगै बसेर चिया खाने, मर्निङ वाक गर्ने, सेल्फि लिने जस्ता कार्यले एमाले अध्यक्ष ओली निवास बालकोटसम्म हल्ली खल्ली मच्चिन पुगेको हो । प्रचण्ड सचिवालयले भने प्रदेश दुईमा बसेर कहिले चिया खाएको, कहिले सेल्फी खिचेको त कहिले मर्निङ वाक गरेको फोटो सार्वजनिक गरेर आफूहरु सच्चा मधेसलाई माया गर्ने पार्टी भएको सन्देश दिईरहेका छन् । यो क्रम अझै पनि रोकिएको छैन ।
किन लगातार चियाको फोटाहरु
माओवादी केन्द्रको अध्यक्ष लगायत शिर्षस्थ नेताहरु अहिले प्रदेश दुईमै छन् । भोलि सचिवालय बैठक पनि प्रदेश दुईमै बोलाइएको छ ।
यतिबेला प्रचण्डको सचिवालयले निरन्तर मधेस चाय भन्दै चिया पिईरहेको फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेको छ । चिया पिएको फोटो किन पोष्टिनु भनेर सामान्यतः कुरा उठ्न सक्छ । तर, यसको महत्व भने त्यो भन्दा विशाल छ । मधेसमा एमालेलाई जनताले छिर्न दिएका छैनन् । अर्थात कालो झण्डा देखाउने गरेका छन् । यस्तो बेला प्रचण्ड लगायतको टिम भने सर्वसाधरणसँग बसेर चिया खाने गर्नु, मर्निङ वाक गर्नु भनेको मधेसको सच्चा माया गर्ने पार्टी माओवादी केन्द्र नै हो भनेर सन्देश प्रवाह गर्न चायको फोटाहरुको अर्थ भने महत्वपूर्ण देखिएको छ ।
यतिबेला, जनतासँगै चिया पिएकाे मधेसकै नेताहरु समेत देखिएका छैनन् । माओवादी केन्द्र भने मधेसी समुदायको साथमा रहेको पार्टी हो भन्ने सन्देश प्रचण्डको सचिवालयले पोष्ट गर्ने फोटाहरुले सन्देश दिईरहेको विश्लेषकहरुको ठम्याई छ ।

प्रकाशित मिति:
September 01, 2017