न्युरोडको भुतघरमा भुतले मान्छे कुटेको हल्ला कि साँच्चै !
तपाईले सानोतिनो छँदा भुतको कथा त पक्कै पनि सुन्नु भएको होला नै । त्यस्ता दन्त्य कथाहरुमा भुतले मान्छेलाई पिटेको खै के गरेको आदी इत्यादी हुन्थे । त्यस्तै आज दिउँसै राजधानीको पनि मुटु मानिने न्यूरोडमा भुतको हल्ला चलेपछि खल्लीबल्ली नै मच्चियो । न्यूरोडमा दिउँसै भुतले मान्छे पिटेको हल्ला चलेपछि त्यहाँ कतिपय व्यापारी पसल बन्द गरेर पिपल बोटमा जम्मा समेत भए रे ।
न्यूरोडको पीपलबोट अगाडी गल्लिमा रहेको घरको दोस्रो तल्लामा एक जना झ्याल खोल्ने क्रममा लडेपछि भुतले कुटेर फ्यालेको भन्दै सञ्चारमाध्यमहरुले समेत हल्ला फिजाएका थिए । त्यो हल्ला त्यतिकै साम्य भएन । न्यूरोड पिपलबोट वरपर ठूलो भिडभाड मच्चियो । पत्रकार प्रहरीको ठूलै समूह पुग्यो त्यहाँ । त्यसो त त्यहाँ ३÷४ घन्टासम्म ट्राफीक जाम नै हुन पुग्यो ।
खास कुरो चाँही एभिन्यूज टेभिलिजनका क्यामाराम्यान बासु सत्याल बासु सत्याल बास्तुशास्त्रीलाई लिएर रिपोर्ट बनाउन त्यहाँ पुगेका थिए । सोही क्रममा उनीहरुले क्यामेराले खिच्न थालेपछि भूतले मान्छे पिटेको हल्ला चलेको थियो । केहीले पत्रकारलाई भूतले झ्यालबाट फालेको त केहीले बास्तुशास्त्रीलाई गालामा थप्पड हानेको भन्दै हल्ला फिजिन गएको थियो ।
पछि सोधी खोजी गर्दा त्यहाँ मलाई भुतले कुटेको भन्ने मान्छे कोही पनि भेटिएन । सबै मान्छे हावाको गफ भन्दै विस्तारै विस्तारै आफ्नो बाटो लागे । कोहीले त भाडा नदिएकाले तर्साउन यस्तो हल्ला चलाएको पनि बताउँछन् ।
तर सो घरमा भुतले तर्साउने गरेको अन्धविश्वास भने गरिदो रहेछ । सोही भएर पनि त्यो घरलाई भुत घर भनिदो रहेछ । सो घरको तलको सटर भाडामा दिइए पनि अन्य कोठा भने लामो समयदेखि खालि छ । भूत घरको नामले चिनिेने घर तल तस्वीरमा हेर्नुहोस । जुन घरको तलको सटर भाडामा दिइए पनि अन्य कोठामा भने भुतले कुट्ने डरले नै लामो समयदेखि कोही पनि बस्दैनन् रे ।

प्रकाशित मिति:
April 16, 2012