Update: हिउँ नदी पस्यो पोखरामा
अन्नपूर्ण हिमश्रृङ्खलामा हिउँ पहिरोपछि आएको बाढीमा परी कास्कीको माछापुछ्रे र सर्दीखोला गाविस आसपास १३ जनाको शव फेला परेको छ । बाढीका कारण त्यहाँ ठूलो मात्रामा धनजनको क्षति पुगेको छ ।
बिहान ९ बजेतिर हिमपहिरो पछि आएको बाढीमा परी मृत्यु भएका तथा हराइरहेकाहरुको खोजिका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईको नेतृत्वमा सेना, प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलिहरु खटेका छन् । बाढीमा परी ५० बढी बेपत्ता भएको जनाइएको छ । सर्दीखोला गाविस खारापानीमा ८ वटा घर बगाएको छ । बाढीले तीन जना पर्यटक समेत बगाएको जनाइएको छ ।
उद्धारका लागि त्यहाँ खटिएको नेपाली सेनाले अब ठूलो बाढी नआउने भन्दै घरबार छाडेकालाई फर्कन आग्रह गरेको छ । त्यहाँ बेपत्ता भएकाहरुको खोजि कार्य अझै जारी छ ।
प्रकाशित मिति:
May 05, 2012