१० लाख घुस मागेको भन्दै व्यवसायी सडकमा उत्रिएपछि गोलि चल्यो
जेठ २४ – नारायाणगढमा राजस्व छापा मार्न गएको टोलि र व्यवसायीबीच १० लाख घुस मागेको विषयमा तनावपछि गोलि समेत चलेको छ । व्यवसायीहरु आफूहरुलाई जानकारीविनै छापा मार्न आएको र राजश्व अनुसन्धान विभागका पदाधिकारीले घुस मागेको आरोप लगाउँदै विरोधमा उत्रिएका थिए ।
व्यवसायीहरु आन्दोलनमा उत्रिएसँगै त्यहाँ तनाब उत्पन्न भएको थियो । त्यहाँ व्यवासायीहरुले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए । ढुंगामुढापछि प्रहरीले सुरक्षाका लागि रबरको गोलि चलाएको थियो । गोलि भने कसैलाई लागेको छैन ।
नारायणगढको लक्ष्मीनारायण वस्त्रालयका छापामार्न पुगेको राजस्व विभागका पदाधिकारी र व्यवसायीबीच त्यहाँ जानकारी नै नदिई छापा मार्न आएको भन्ने विषयमा विवाद भएको थियो ।
आफूहरुसँग दशलाख घुस मागेको आरोप लगाउने व्यवसायीले प्रहरी बिटमा आगो लगाउनका साथै आन्तरिक राजश्व कार्यालयको गाडी जलाएका छन्। त्यस्तै आगो निभाउन गएको वारुण यन्त्रसमेत तोडफोड गरेका छन् ।

प्रकाशित मिति:
June 06, 2012