चीन र रसिया सैन्य सहकार्य गरेर अघि बढ्ने संकेत, पश्चिमा राष्ट्रहरु त्रसित
सिरियामा आन्तरिक रूपमा राजनीतिक समाधान गर्नुपर्नेमा उभिएका चीन र रसियाबीच सैन्य सहकार्य गरेर अघि बढ्ने संकेत मिलेको छ ।
तीन दिने चीन भ्रमणमा रहेका रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले चीनसँगै सैन्य सहकार्य गर्न तयार रहेको बताएपछि यस्तो संकेत मिलेको हो । तर पुटिनको सैन्य सहकार्य गर्ने प्रस्तावले पश्चिमा राष्ट्रहरुलाई भने झस्काएको छ ।
पुटिनले एसिया प्रशान्त क्षेत्रको सुरक्षाका लागि दुई देशका सेनाले सहकार्य गर्नुपर्ने धारणा चीन समक्ष राखेका हुन् ।
अमेरिकाले सन् २०२० सम्ममा आफ्ना ६० प्रतिशत युद्धपोत एसिया प्रशान्त क्षेत्रमा खडा गर्ने सैन्य रणनीति सार्वजनिक गरेपछि रसियाको यस्तो धारणा आएको हो ।
यसैबीच, चीन र रसियाले सिरियाका लागि शान्ति दूत कोफी अन्नानको ‘शान्ति प्रस्ताव’ मा समर्थन गर्न विश्व समुदाय समक्ष आग्रह गरेका छन् ।
चीन पुगेका रसियाली राष्ट्रपति भ्लादिमीर पुटिन र चिनियाँ राष्ट्रपति हु जिन्ताओबीचको भेटवार्ता पछि दुई देशको संयुक्त धारणा आएको हो ।
सिरियाको संकट समाधानका लागि अन्नानको सिरिया शान्ति प्रस्तावलाई अझ थप समय दिनुपर्ने यी दुई देशको धारणा छ । चीन र रसियाले सिरियामा आन्तरिक रूपमा राजनीतिक समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित मिति:
June 06, 2012