कालोसुचिको सम्भावना टर्दै, राष्ट्रपतिद्वारा २ अध्यादेश जारी I
असार ४ – राष्ट्रपति डा. रामवरण यादवले सरकार विपक्षी दलहरुको विरोधलाई बेवास्ता गर्दै २ अध्यादेश जारी गरेपछि नेपाल कालोसुचिमा पर्ने सम्भावना टर्दै गएको छ ।
कांग्रेस(एमालेको विरोध जनाए पनि राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिशमा दुई अध्यादेश जारी गरेपछि कालोसुचिको सम्भावना टर्दै गएको हो ।
आज पारस्परिक कानुनी साहयता र सुपुर्दगीसम्बन्धी अध्यादेश जारी भएको हो । दुवै अध्यादेश सम्पति शुद्धीकरणसंग सम्बन्धित छन् ।
नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष व्यक्त गरेको प्रतिवद्धता र राष्ट्रिय हितलाई समेत दृष्टिगत गर्दै अन्तरिम संविधानको धारा ८८ को उपधारा १ अनुसार दुवै अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्वतन्त्र संस्था सम्पति शुद्धीकरण निवारण गर्ने सम्बन्धमा फाइनान्सियल एक्सन टास्क फोर्सले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन नबनाएकामा नेपाललाई कालो सूचीमा राख्ने चेतावनी दिंदै आएको छ ।

प्रकाशित मिति:
June 18, 2012