प्रधानमन्त्रीले राजदूतहरुसँग भने- "चुनौती पार गर्न सहयोग चाहियो"
जेठ २९ – प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपालस्थित विभिन्न देशका राजदूतबीच आज भेटवार्ता भएको छ । सो क्रममा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ ।
नेपालस्थित २७ मुलुकका राजदूत तथा मिसन प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्री डा भट्टराईले सरकारले गरेको निर्वाचन घोषणा, राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटाउन भइरहेका प्रयास तथा नेपालको आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
भेटमा भट्टराईले संबिधानसभा बिघटनपछि मुलुक चुनौतीपूर्ण अबस्थामा प्रवेश गरेको भन्दै यो चुनौती पार गर्न पहिले झैं अन्तराष्ट्रिय समुदायको साथ र सहयोग चाहिने पनि बताएका थिए ।
राजदूतहरुसँगको भेटमा प्रधानमन्त्री डा भट्टराईले सरकारले गरेको निर्वाचन घोषणा, राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटाउन भइरहेका प्रयास तथा नेपालको आर्थिक अवस्थाका बारेमा जानकारी समेत गराएका थिए ।
राजदूतहरुसँगको भेटमा प्रधानमन्त्री डा भट्टराईले सरकारले गरेको निर्वाचन घोषणा, राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटाउन भइरहेका प्रयास तथा नेपालको आर्थिक अवस्थाका बारेमा जानकारी समेत गराएका थिए ।
प्रकाशित मिति:
June 11, 2012