जनयुद्ध लडेकालाई रेडियो नेपालमा माओवादी मन्त्रीले पाखा लगाए
काठमाडौं ६ माघ
माओवादी कोटाबाट सुचना तथा सञ्चारमन्त्री बनेका सुरेन्द्र उर्फ राम कार्कीले जनयुद्ध लडेका प्रेस सेन्टरका पत्रकारलाई पाखा लगाएका छन् ।
रेडियो नेपालको कार्यकारी निर्देशकमा जनयुद्धमा सामेल दिपेन्द्र रोकाय समेत अन्तिम तीन जनाभित्र रहेकोमा कार्कीले नातामा पनि कार्की नै पर्ने सुरेश कुमार कार्कीलाई नियुक्त गरेका छन् । कार्कीको प्रस्ताव मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले अनुमोदन गरेको छ । कार्की यसअघि पनि रेडियो नेपालको कार्यकारी निर्देशक थिए । उनको कार्यकाल मंसिर महिनामा सकिएको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई पुनः चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।
मन्त्री कार्कीले कांग्रेसी पाराका कार्कीलाई नियुक्त गरेपछि प्रेस सेन्टर नेपाल भने कार्कीप्रति रुष्ट बनेको छ ।
प्रकाशित मिति:
January 19, 2017