विरोधी गठबन्धनलाई सहयोग गरेपछि सांसदको जागिर गयो
काठमाडौं ६ माघ
नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण राजवंशीलाई कारबाही गरेको छ । पार्टीको निर्देशन नमानेको र विपक्षी गठबन्धनलाई सहयोग गरेको भन्दै समानुपातिक कोटाबाट सांसद बनेका राजवंशीलाई पार्टीको मानार्थ सदस्य र व्यवस्थापिका संसदको सदस्य पदबाट समेत निष्काशन गरिएको हो ।
पार्टी महासचिव डा. विजयप्रकाश सैंजुद्धारा जारी विज्ञप्तिमा पहिचानवादी आन्दोलनका विरोधी गठबन्धनमा आवद्ध भई पहिचान विरोधी गतिविधिहरुमा संलग्न भएर पार्टीको नीति उद्देश्य र सिद्धान्त विपरित कार्य गरेकाले बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने सर्वसम्मत निर्णय गरेको उल्लेख छ ।
प्रकाशित मिति:
January 19, 2017