प्रचण्डपुत्र प्रकाशको बिनासँगको रोचक सगरमाथा लभ डायरी !
जेठ ३१ - शान्ति र संविधानका लागि भन्दै सगरमाथा यात्रामा लाग्दाताका बेला प्रचण्डपुत्र प्रकाश दाहालसहित टोलिले सरकारले दिएको करोडको बिटो पचाउन नसक्दा विवाद नभएको होइन ।
अन्ततः उनीहरु सरकारको सहयोग बिना नै सगरमाथा यात्रामा निरन्तर लागे र सफल समेत भए ।
शान्ति र संविधान नारा दिइएको सो यात्राले नाराको भने केही अर्थ राखेन । किनकी न त शान्ति, न त संविधान भएको छ यतिबेला देशमा ।
त्यसो त उनीहरु सगरमाथा चढेर शान्ति र संविधान आउँछ भनेर न त कसले पो ठाडो मुख नै लगाएका थिए ! त्यही भएर वास्ता न व्यस्त ती सोझा साझा नेपालीलाई ।
तर उनीहरुको यात्राको क्रममा भएको लभ डायरीले भने फेरि एक पटक तहल्का पिट्न थालेको छ ।
तहल्काको विषय हो सगरमाथा आरोहणको पूर्वअभ्यासका क्रममा एलापिक हिमाल चढ्ढादेखि नै प्रचण्डपुत्र प्रकाश र सरस्वती क्याम्पसकी स्ववियु सभापति बिना मगरवीच सम्बन्ध।
हुन त प्रकाश दाहाल पोष्टबहादुर बोगटीका भूपू ज्वाई हुन । अनि दोस्रो बिहेबाट उनको एक छोरा समेत भएको छ ।
मायालाई केले पो छेक्ने र हजुर ! तर यही माया सर्वोच्च शिखर सगरमाथा आरोहणका सदस्यका लागि टाउको दुखाईको बिषय बन्यो ।
पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बिना यति ब्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई बाल मतलब नै पो राख्न छोडे ।
आजको जनआस्था साप्ताहिकले छापेको खबर अनुसार प्रकाश र बिनालाई टेण्टभित्र अप्ठेरो अबस्थामा समेत भेटिइएको थियो । त्यसरी भेटाएपछि केही अघिसम्म प्रचण्डको सुरक्षागार्ड रहेका सरदले उनीहरुलाई सम्झाई बुझाई गरेका थिए । त्यति मात्रै होइन टोली नेता कृष्ण केसीले पनि उनीहरुलाई सम्झाए । तर कसैको केही लागेन ।
बिनाको पालमा रहेकी इशु भट्ट स्वास्थ्यका कारण फर्किएपछि त उनीहरुवीच झनै चिसो हावामा न्यानो हावा बढेर गयो । जे होस उनीहरुले सफल सगरमाथाको आरोहण गरे । अरु कुरो त अब के पो भनिरहनु छ र । बरु फेरि बधाई छ ।
अन्ततः उनीहरु सरकारको सहयोग बिना नै सगरमाथा यात्रामा निरन्तर लागे र सफल समेत भए ।
शान्ति र संविधान नारा दिइएको सो यात्राले नाराको भने केही अर्थ राखेन । किनकी न त शान्ति, न त संविधान भएको छ यतिबेला देशमा ।
त्यसो त उनीहरु सगरमाथा चढेर शान्ति र संविधान आउँछ भनेर न त कसले पो ठाडो मुख नै लगाएका थिए ! त्यही भएर वास्ता न व्यस्त ती सोझा साझा नेपालीलाई ।
तर उनीहरुको यात्राको क्रममा भएको लभ डायरीले भने फेरि एक पटक तहल्का पिट्न थालेको छ ।
तहल्काको विषय हो सगरमाथा आरोहणको पूर्वअभ्यासका क्रममा एलापिक हिमाल चढ्ढादेखि नै प्रचण्डपुत्र प्रकाश र सरस्वती क्याम्पसकी स्ववियु सभापति बिना मगरवीच सम्बन्ध।
हुन त प्रकाश दाहाल पोष्टबहादुर बोगटीका भूपू ज्वाई हुन । अनि दोस्रो बिहेबाट उनको एक छोरा समेत भएको छ ।
मायालाई केले पो छेक्ने र हजुर ! तर यही माया सर्वोच्च शिखर सगरमाथा आरोहणका सदस्यका लागि टाउको दुखाईको बिषय बन्यो ।
आजको जनआस्था साप्ताहिकले छापेको खबर अनुसार प्रकाश र बिनालाई टेण्टभित्र अप्ठेरो अबस्थामा समेत भेटिइएको थियो । त्यसरी भेटाएपछि केही अघिसम्म प्रचण्डको सुरक्षागार्ड रहेका सरदले उनीहरुलाई सम्झाई बुझाई गरेका थिए । त्यति मात्रै होइन टोली नेता कृष्ण केसीले पनि उनीहरुलाई सम्झाए । तर कसैको केही लागेन ।
बिनाको पालमा रहेकी इशु भट्ट स्वास्थ्यका कारण फर्किएपछि त उनीहरुवीच झनै चिसो हावामा न्यानो हावा बढेर गयो । जे होस उनीहरुले सफल सगरमाथाको आरोहण गरे । अरु कुरो त अब के पो भनिरहनु छ र । बरु फेरि बधाई छ ।
प्रकाशित मिति:
June 13, 2012