एमालेका असन्तुष्ट नेताहरु यसरी गोप्य छलफल गर्दैछन्
असार ६ – यतिबेला नेपाली राजनीतिमा फुटको राजनीति नै चलेको छ । केही समय अगाडी फोरम विभाजित भएको थियो भने केही दिन अघि मात्रै पनि संविधानसभा रहदाको सबैभन्दा ठूलो दल एमाओवादी फुटेको छ ।
यसै क्रममा एमालेभित्रको असन्तुष्ट पक्ष पनि गोप्य छलफलमा जुटेको छ । जातीय पहिचानमा पार्टी नजाने भएपछि नेकपा एमालेका उपाध्यक्षसहितका असन्तुष्ट नेताहरू आजदेखि गोप्य छलफलमा जुटेका हुन् ।
एमालेका उपाध्यक्ष अशोक राई, नेता पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू भावी रणनीतिकालागि धुलिखेलमा आजदेखि गोप्य बैठकमा जुटेका छन् । सो बैठकमा कसैलाई पनि प्रवेश नदिएको प्रहरीको भनाई छ ।
भावी रणनीति तय गर्न स्थानीय मिरावेल रिर्सोटमा सुरु भएको सो बैठकमा राष्ट्रिय कार्यकर्ता भेला र सङ्घीयताबारे आएको सुझावलाई छलफलको विषय बनाइएको बताइएको छ ।
एमालेका असन्तुष्ट आदिवासी, जनजाति, मधेसी नेताहरूले जातीय पहिचानसहितको सङ्घीयता माग गरे पनि एमालेले बहुपहिचानमा जोड दिएको छ ।
जातीय पहिचानमा पार्टी नजाने भएपछि आदिवासी तथा जनजाति र मधेसी नेता एमालेभित्र असन्तुष्ट हुँदै आएका थिए ।
भोलिसम्म जारी रहने सो बैठकमा आदिवासी जनजाति र मधेसीसहित २० नेताहरूको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति:
June 20, 2012