• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?

भदौँ ५ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उक्त मिति नजिकिदैँ जाँदा चुनाव गर्नु पर्छ र गर्नु हुँदैन भन्ने बिच त विवाद छँदै छ । गर्नुपर्छ भन्नेमा पनि झनै विवाद छ भने गर्न हुन्न भन्नेमा पनि त्यस्तै छ ।
जताततै यो विषयले विवाद र चर्चा पाइरहँदा कलाकारिता जगतमा पनि नछुने त कुरै भएन । यस्तै बेला केही समय अघि नायिका रेखा थापा एमाओवादीमा टिका लगाएर भित्रिइन् । त्यस्तै
 चलचित्र उद्योगी उद्धव पौडेल भने राप्रपामा भित्रिए ।

यस्तै बेलामा पछिल्लो पटक भने राजेश हमालसँग जोडिएर पार्टीका कुरा समेत जोडिन थालेका छन् । हुन पनि राजेश हमाल आफैँ पनि राजनीतिमा चासो राख्ने र कहिले कहीँ त राजनीति गर्छु भन्ने मान्छे पनि हुन् ।

अहिले भने उनै राजेश हमाललाई राप्रपा प्रवेश गरौँ भनेर निम्तो आएको छ । यसै विषयले अहिले चलचित्र नगरी निक्कै तातेको पनि छ ।

नायक हमाललाई निम्तो दिने व्यक्ति भने चलचित्र उद्योगी उद्धव पौडेल नै हुन् । केही समय अघि मात्रै राप्रपा छिरेका पौडेलले चलचित्रको भविष्य राम्रो नभएको भन्दै राजनीतिमा सक्रिय हुन आग्रह गरेका थिए ।

तर हमाल निकट स्रोतका अनुसार उनले राप्रपामा लागेर राजनीति गर्ने कुराको अस्वीकार गरेका छन् । सो बेला उनले आफू राजनीतिमा नलाग्ने प्रतिक्रिया दिएका थिए ।

बेला बखत नेता राम्रा भएनन् , नेताले देश बिगारे भनेर दुःख व्यक्त गर्ने हमालले पौडेलसँग राजनीतिमा लाग्दिन भन्नुले उनको राप्रपामा लाग्ने मन नभएको बुझ्न सकिने स्रोतको ठम्याई छ ।

प्रकाशित मिति: August 21, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |