महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
भदौँ ५ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उक्त मिति नजिकिदैँ जाँदा चुनाव गर्नु पर्छ र गर्नु हुँदैन भन्ने बिच त विवाद छँदै छ । गर्नुपर्छ भन्नेमा पनि झनै विवाद छ भने गर्न हुन्न भन्नेमा पनि त्यस्तै छ ।
जताततै यो विषयले विवाद र चर्चा पाइरहँदा कलाकारिता जगतमा पनि नछुने त कुरै भएन । यस्तै बेला केही समय अघि नायिका रेखा थापा एमाओवादीमा टिका लगाएर भित्रिइन् । त्यस्तै
चलचित्र उद्योगी उद्धव पौडेल भने राप्रपामा भित्रिए ।
यस्तै बेलामा पछिल्लो पटक भने राजेश हमालसँग जोडिएर पार्टीका कुरा समेत जोडिन थालेका छन् । हुन पनि राजेश हमाल आफैँ पनि राजनीतिमा चासो राख्ने र कहिले कहीँ त राजनीति गर्छु भन्ने मान्छे पनि हुन् ।
अहिले भने उनै राजेश हमाललाई राप्रपा प्रवेश गरौँ भनेर निम्तो आएको छ । यसै विषयले अहिले चलचित्र नगरी निक्कै तातेको पनि छ ।
नायक हमाललाई निम्तो दिने व्यक्ति भने चलचित्र उद्योगी उद्धव पौडेल नै हुन् । केही समय अघि मात्रै राप्रपा छिरेका पौडेलले चलचित्रको भविष्य राम्रो नभएको भन्दै राजनीतिमा सक्रिय हुन आग्रह गरेका थिए ।
तर हमाल निकट स्रोतका अनुसार उनले राप्रपामा लागेर राजनीति गर्ने कुराको अस्वीकार गरेका छन् । सो बेला उनले आफू राजनीतिमा नलाग्ने प्रतिक्रिया दिएका थिए ।
बेला बखत नेता राम्रा भएनन् , नेताले देश बिगारे भनेर दुःख व्यक्त गर्ने हमालले पौडेलसँग राजनीतिमा लाग्दिन भन्नुले उनको राप्रपामा लाग्ने मन नभएको बुझ्न सकिने स्रोतको ठम्याई छ ।

प्रकाशित मिति:
August 21, 2013