सूर्यलाई छेक्दाको त्यो क्षण ( भिडियो)
जेठ २४ - आज शुक्र ग्रहको छाँया सूर्यमा पर्ने सबैभन्दा दुर्लभ मानिएको शुक्र सूर्य गमन देखिइरहेको छ ।
यसलाई विश्वमा सबैभन्दा ठूलो खगोलिय घटनाको रुपमा लिने गरिन्छ । पृथ्वी, शुक्र र सूर्य एउटै सतहमा पर्दा देखिने यो दृश्य यसअघि ८ वर्ष अघि देखिएको थियो भने अब यो दृश्य १ सय ५ वर्षपछी मात्र देखिने छ ।
नेपाली समय अनुसार सूर्यको अगाडि शुक्र ग्रह बिहान ३ बजेर ५५ मिनेट नै देखिने जनाइएको थियो । तर राति सूर्य नदेखिने भएकाले बिहान सबेरैदेखि काठमाडौँ उपत्यकामा सूर्योदय हुने समय बिहान ५ बजेर ८ मिनेटदेखि १० बजेर ३६ मिनेटसम्म सूर्यलाई शुक्रले अतिक्रमण गरी रहने बताइएको छ ।
दृश्यलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गर्न नहुने खगोलविद्हरूको सुझाव छ । यसका साथै एक्सरे प्लेट, ऐना तथा पानीमा सूर्यको प्रतिबिम्ब समेत हेर्न नहुने उनीहरुको भनाई छ । त्यसो गरे आँखामा नकारात्मक असर पर्ने बताइएको छ ।
विशेष किसिमको टेलिस्कोप, हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्मा वा वेल्डिङ्ग गर्दा प्रयोग गरिने १४ नम्बरको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिने खगोलविद्हरूले बताएका छन् ।
अस्ट्रेलियाबाट देखिने भिडियो तल हेर्नुहोस :

प्रकाशित मिति:
June 06, 2012