होसियार ! अमेरिकाले ३ लाख कम्प्युटरको इन्टरनेट सेवा बन्द गर्दैछ I
साइबर अपराध नियन्त्रणको लागि अमेरिकाको एक एजेन्सीले ३ लाख कम्प्युटरको इन्टरनेट सेवा बन्द गर्ने भएको छ ।
अमेरिकी जाँच एजेन्सी एफबीआईले विश्वका तीन लाख भन्दा बढी कम्प्युटरको सेवा बन्द गर्ने बताएको हो ।
उसले साइबर अपराधको नियन्त्रणको लागि अपराधमा संलग्न अपराधिहरुलाई पक्राउ गर्ने भन्दै एकै पटक ठूलो संख्यामा इन्टरनेट सेवा बन्द गर्न लागेको बताइएको छ ।
यसरी इन्टरनेट सेवा बन्द गर्दा अमेरिका र बेलायतका कम्प्युटरको सेवा सँगै अन्य मुलुकका कम्प्युटरको समेत इन्टरनेट सेवामा प्रभाव पर्ने बताइएको छ ।
एफबीआईका अनुसार साइबर अपराधी समूहले इन्टरनेट सर्भरको बाटोबाट भाइरस पठाइदिने गरेका छन् । एफबीआईले सन् २०११ मा ४० लाख कम्प्युटरमा भाइरस पठाउँने एउटा साइबर अपराधीको समूहलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति:
July 09, 2012