पूर्वराजालाई दिएको सबै सुविधा खोस्न कांग्रेस महामन्त्रीको आग्रह
असार २५ – नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएको सबै सुविधा खोस्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले दिइआएको सुविधाबारे तत्काल निर्णय गर्नुपर्ने उनको भनाई छ ।
पूर्वराजा ज्ञानेन्द्र नागरिकका रुपमा चुपचाप नबसी राजनीतिक अभिव्यक्ति दिँदै हिँड्नुलाई आपत्ति जनक भएको भन्दै सबै सुविधान खोस्नुपर्ने उनले बताए ।
ज्ञानेन्द्र शाहले हुँदै नभएको कुरा बोल्दै हिँड्नुका पछाडि पुनः राजा बन्ने सपना लुकेको भन्दै सिटौलाले पूर्व राजाले विगतमा संवैधानिक राजसंस्था कायमै राखेर २०४७ सालकै संविधानबसेर अघि बढ्ने लिखित सम्झौता भएको अभिव्यक्ति झूट भएको पनि बताए ।
शाहको राजतन्त्र फर्काउने सपनालाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने पनि उनले बताएका छन् ।
माघ १९ ल्याउन उक्साउनेहरूले नै पूर्वराजालाई पछिल्लो अभिव्यक्ति दिँदै हिँड्न उक्साइरहेको उनको भनाई छ ।
प्रकाशित मिति:
July 09, 2012