दाङ र रोल्पामा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन ठप्प
२७ असार – दाङ र रोल्पाका दुई विद्यालयमा दैनिकजसो छात्राहरु बेहोस हुन थालेपछि पठनपाठन प्रभावित बनेको छ ।
दाङको सरस्वती माध्यामिक विद्यालय तुलसीपुर–१० दमारगाउँमा केही दिनयता विद्यार्थी बेहोस हुन थालेका छन् । दिनमा करिब चार–पाँचजना छात्रा बिरामी हुने गरेको र पठनपाठन प्रभावित भएको प्रधानाध्यापक वसन्तकुमार न्यौपानेले बताउनुभयो ।
त्यस्तै, रोल्पाको सिद्धार्थ निमावि ओत ओइलाममा अध्ययनरत छात्राहरुमा पनि त्यस्तै समस्या देखिएको छ ।
गत जेठ महिनादेखि दैनिकजसो आठ÷दस जना छात्रा बेहोस हुने गरेको प्रधानाध्यापक कर्णबहादुर डाँगीले जानकारी दिनुभयो । नौ वर्षदेखि माथिका छात्राहरु बेहोस हुने गरेका छन् । सुरुमा सबै अँध्यारो भएजस्तो देखिएर आँखा बन्द हुने, त्यसपछि डराएर भाग्ने, अरूलाई समात्ने, चिथोर्ने, ढल्ने, तन्कने र झन्डै दुई घन्टापछि पुनः पहिलेकै अवस्थामा फर्कने गरेको प्रधानाध्यापक डाँगीले जानकारी दिए ।
स्थानीय स्वास्थ्यकर्मीलाई बोलाएर स्वास्थ्य जाँच गरे पनि समस्या पत्ता लाग्न नसकेको र डेढ महिनादेखि अरू विद्यार्थीको पठनपाठनमा समेत असर पुगेको उनले बताए । छात्राहरुमा देखिएको यस्तो समस्या कुनै रोग नभएर मानसिक त्रासबाट उत्पन्न हुने समस्या भएको राप्ती अञ्चल अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केदार सेञ्चुरीले ‘मास हिस्टेरिया’ कुनै रोग नभई मानसिक तनाव वा त्रासको उपज भएकाले विद्यालयले नै विद्यालय, शिक्षक वा अरू कसका कारण विद्यार्थीमा त्रास उत्पन्न भएको हो पत्ता लगाएर समस्या निराकरण गर्नुपर्ने बताए ।
‘उनीहरुलाई डर, त्रास र तनावबाट मुक्त नबनाउँदासम्म यस्तो समस्या आइरहन्छ’– डा. सेञ्चुरीले भने–‘१२ देखि १८ वर्षसम्मका छात्रामा यस्तो समस्या बढी देखिने गरेको छ ।’

प्रकाशित मिति:
July 11, 2012