हुम्लामा जन्मियो माओवादी I
साउन ११ – हुम्लामा नेकपा–माओवादी जन्मिएको छ ।
सदरमुकाम सिमीकोटमा यही साउन ७ गतेदेखि ९ गतेसम्म पार्टी जिल्ला सङ्गठन समितिको बैठकले माक्र्सवाद, लेनिनवाद, माओवादको वैचारिक हतियारलाई बलियो बनाई जनसमुदायबीचमा पु¥याउने, अनियमितता, भ्रष्टाचारी, तस्करी, घुसखोरीलगायतका क्रियाकलापविरुद्ध भण्डाफोर गर्ने निर्णय गरेको छ ।
जिल्ला इन्चार्ज सुशील बुढाथोकीले पार्टी कार्यालयका विषयमा एनेकपा (माओवादी)का नेतासँग सल्लाह र सहमति गरेर अगाडि बढ्ने बताए ।
पार्टी केन्द्रीय सदस्य एवम् भेरी–कर्णाली इन्चार्ज महेशप्रसाद शर्माले २००७ सालदेखि अहिलेसम्म भएका असमान सम्झौताको गोष्ठी–सम्मेलन गरेर भण्डाफोर गरिने बताए ।
प्रकाशित मिति:
July 26, 2012