मानसिक सन्तुलन गुमाएका एक जनाद्वारा रिक्सा चालकको हत्या I
साउन १४ – मानसिक सन्तुलन गुमाएका एक जनाले रिक्सा चालकको हत्या गरेका छन् ।
मानसिक असन्तुलन गुमाएका कुलबहादुर रुम्दाली मगरले आज बिहान २ बजेतिर इटहरीचोकमा स्थानीय एक रिक्सा चालकलाई खुकुरीले काटेर निर्ममतापूर्वक हत्या गरेका हुन् ।
धारिलो खुकुरी हातमा लिएका २६ वर्षीय मगरले रिक्सा चालकलाई के कारणले हत्या गरेका हुन् भन्ने कुरा भने यकिन हुन नसकेको र सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।
दुई दिनअघि इटहरीको मुख्यचोकमा निर्वस्त्र देखिएका उनलाई प्रहरीले नियन्त्रणमा लिई छाडिदिएको थियो । रिक्सा चालकको हत्यापछि इटहरी–५ स्थित राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय नजिकैको राजमार्गमा हतियारसहित हिंडिरहेको अवस्थामा अभियुक्त पक्राउ परका छन् ।
रिक्सा चालकको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको छ ।
प्रकाशित मिति:
July 29, 2012