भदौ ८ – वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको आफ्नी प्रेमिकासँग यौन सम्पर्क गर्दा ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेमा हरिबहादुर मगर रहेका छन् । उमेरले आफुभन्दा करिब १५ वर्षले कान्छी २४ बर्षिय भियतनामी प्रेमीकासँग सम्भोग गर्दा उनको मृत्यु भएको हो ।
यो घटना घटना करिब ३ साताअघिको भएपनि नेपाली समूदायबीच यो खबर एकसाता अघि मात्रै जानकारीमा आएको हो ।
ती नेपालीले यौन उत्तेजक औषधी सेवनपछि अत्याधिक ‘सेक्स गरेको कारण उनको मृत्यु भएको त्यहाँका केही सञ्चारमाध्यमहरुले छापेका छन् ।
उनीहरु दिउँसो ३ बजेतिर होटल प्रवेश गरेका थिए । तर राति ११ बजे उनी बेहोस झै लडेका थिए । त्यसको केही समयपछि सुतेको होला भन्ने सोचेर सुतीरहेकी प्रेमीका पछि उनलाई बोलाउने र उठाउने प्रयास गर्दा नउठेपछि ती प्रेमिकाले होटल व्यवस्थापकसँग खबर गरेकी थिइन् ।
घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो ।
घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।
मृतक हरिको नेपालस्थित ठेगानापनि खुल्न सकेको छैन ।