बाबुराम भट्टराईको राजीनामा माग गर्दै आज बिहान पनि राजधानी ठप्प
साउन २२ – प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गर्दै एमाले निकट युवा संघले आज पनि राजधानी ठप्प पारेको छ ।
सरकारको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको युवा संघले बिहान ६ बजेदेखि १० बजेसम्म उपत्यका चक्काजाम गर्दा राजधानीबासीको जनजीवन प्रभावित बन्न पुगेको थियो ।
१० बजेपछि भने उपत्यकामा सवारी साधन संचालनमा आएका छन् ।
बन्दका क्रममा बन्दकर्ताले बानेश्वरमा एउटा ट्याक्सीको शिशा फुटाएको छ । यस्तै, जबरजस्ती बन्द गराउँदै हिड्ने चार जनालाई प्रहरीले बसुन्धरा र गंगबु क्षेत्रबाट नियन्त्रणमा छ ।
भट्टराई सरकारलाई राजीनामा गरी सहमतीय सरकार निर्माणको बाटो खोल्न दबाब दिन भन्दै युवा संघले आन्दोलन थालेको हो ।
प्रकाशित मिति:
August 06, 2012