कान्तिपुर फुट: नागरिकपछि, कान्तिपुरमा यसरी र यति लगानी गर्दै-छन् माओवादीहरु !
साउन २२ – सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने सिद्धान्तमा आधारित भएर १० वर्ष जंगलमा बन्दुक चलाएको, चलाउन सिकाएको र चलाई चलाई आएको एकीकृत नेकपा माओवादी पछिल्लो समय अब बन्दुक होइन कलम चलाउनु पर्छ भन्ने सिद्धान्त अगाल्न थालेको छ ।
उसका पछिल्ला हरेक गतिविधि नियाल्ने हो भने उसले प्रेसलाई हातमा लिएर अगाडी बढ्नुपर्ने निष्कर्षका साथ हिडिरहेको बुझ्न सकिन्छ । यसलाई सिद्धान्त भन्न उत्तम त नहोला किन पनि की उसले अबको राजनीतिमा गोयल्स शैलीको प्रचार गर्न र विभिन्न ठाउँबाट जम्मा भएको सम्पत्तिहरु तह लगाउन पनि उसले यो बाटो अवलम्बन गरेको हो भन्नेहरु पनि कम छैनन् ।
जे होस, हुन त जनयुद्धका बेला पनि माओवादी प्रचारका रुपमा आफ्नै रेडियो स्टेशन तथा पत्रपत्रिका, पम्प्लेटहरु प्रयोग गरेको थियो । तर अहिले भने उसले ठूला ठूला मिडिया हाउसमा धमाधम लगानी गर्न थालेको छ ।
केही समयअघि मात्रै माओवादीले ठूलो धनरासीका साथ नागरिक दैनिक अर्थात नेपाल रिपब्लिक मिडियामा लगानी भित्र्याएर आफ्नो बर्चस्व कायम गरेको थियो । जतिबेला नारायण वाग्लेहरु जागिरबाट हात धुन पुगेका थिए ।
त्यसको केही समय बित्न नपाउँदै अब माओवादी केही दिनमै कान्तिपुर पब्लिकेशनमा अर्को ठूलो धनरासीको लगानीका साथ हात हाल्दै छ ।
त्यसको गुरु योजना अन्तर्गत नै माओवादीले त्यहाँ आफ्नो अनुकुल वातावरण बनाईसकेको छ । किनकी त्यहाँ आफू पस्दा विरोध गर्नेहरुलाई पाखा लगाइसकेको अवस्था हो । अहिलेको ।
कसरी गर्छ त माओवादीले कान्तिपुरमा लगानी ?
कान्तिपुर पब्लिकेशनमा माओवादी लगानी भित्रिने भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फेरि त्यहाँ ठूलो फुट भएको छ । यो फुटसँगै कान्तिपुर पब्लिकेशनबाट ६१ करोड लिएर निर्देशक रामेश्वर थापा अलग हुने भएका छन् ।
कान्तिपुर पब्लिकेशनको मुल्याङकन साढे दुई अर्ब रुपैयाँ देखिएपछि थापाले आफ्नो भागमा पर्ने ६१ करोड कुम्ल्याएर निस्कन लागेको हुन् ।
चार वर्ष अघि कान्तिपुरमा प्रवेश गर्दा साँढे ३७ करोड लगानी गरेका थापाको २४.६ प्रतिशत सेयर रहेको छ । मुख्य लगानीकर्ता कैलाश सिरोहिया र थापाबीच अलग हुने प्रारम्भिक समझदारी भइसकेको छ ।
थापा र कैलाश सिरोहियाले सम्पत्ति मूल्याङ्कनसम्वन्धि समझदारीपत्रमा हस्ताक्षर गरेपछि कान्तिपुर औपचारिक रुपमा टुक्रिएको हो ।
वरिष्ठ चार्टड एकाउन्टेन्ट बिजयकुमार अग्रवालको नेतृत्वमा रहेको चार्टड एकाउण्टेण्टको समूहले कान्तिपुर पब्लिकेशन प्रा.लिको सम्पत्ति र दायित्वको मूल्याङ्कन गरेको थियो । कान्तिपुर पब्लिकेशनको मूल्याङ्कन साढे दुई अर्ब गरेपछि मध्यस्थकर्ताका रुपमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले निर्देशक थापा कान्तिपुरबाट बाहिरिने खाकाको प्रारम्भिक सहमति पत्रमा दुवै जनालाई हस्ताक्षर थिए ।
स्रोतका अनुसार माओवादीहरुले सञ्चार क्षेत्रमा लगानी वढाउँदै लैजाने क्रममा कान्तिपुरमा पनि लगानी गर्न अध्यक्ष सिरोहियासँग कुराकानी अगाडी वढाएपछि थापा त्यसको विपक्षमा थिए । उनीहरुबीच यसै विषयमा मनमुटाव सुरु भएको थियो । थापा कान्तिपुरमा माओवादी लगानी थप्न नहुने पक्षमा थिए। तर थापालाई वाइपास गर्दै सम्पादक मार्फत माओवादी नेता वर्षमान पुनहरुसँग लगानी वार्ता अगाडी वढेपछि थापा अलग हुने मनस्थितिमा पुगेका हुन् ।
कति गर्ला त माओवादीले कान्तिपुरमा लगानी ?
यो विषय भने अहिलेसम्म खुलेको छैन । यसअघि नागरिकमा कति गर्यो भन्ने प्रचण्डले यसरी कब्जा जमाएका छन् नागरिक दैनिक शिर्षकमा पढ्न सक्नुहुनेछ । तर के बुझ्न सकिन्छ भने निर्देशक रामेश्वर थापा ६१ करोड लिएर निस्कँदा माओवादीले यो भन्दा माथि लगानी गर्ने त अवश्य छ ।
अहिलेको कान्तिपुरको अवस्था के छ ?
चार वर्षको अवधिमा कान्तिपुरको मूल्यांकन एक अर्ब १० करोड रुपैयाँले बढाइएको छ । चार वर्षअघि ५० प्रतिशतका साझेदार विनोदराज ज्ञवालीले छोड्दा कान्तिपुरको मूल्यांकन एक अर्ब ४० करोड रुपैयाँ गरिएको थियो। स्रोतका अनुसार कान्तिपुर पब्लिकेसन सुरुमा २ करोड रुपैयाँ लगानीमा स्थापना भएको हो। स्थापनाकालमा श्याम गोयन्का र ज्ञवाली समुहले एकरएक करोड रुपैयाँ राखेर थापाथलीमा घर भाडा लिइ कान्तिपुर सुरु भएको थियो । गोयन्का कान्तिपुर छाड्दा २० लाख रुपैयाँ घाटा खाइ ८० लाख रुपैयाँ लिएर वाहिरिएका थिए । गोयन्का कान्तिपुरबाट बाहिरिएपछि सिरोहिया र ज्ञवाली परीवारको ५०र५० प्रतिशत सेयर राखिएको थियो ।
दुई करोडबाट सुरु भएको कम्पनीमा २० वर्षपछि सिरोहियाले थापालाई विदा गर्दा उनको कुल लगानी १ सय ३० करोडभन्दा वढी हुने छ। कान्तिपुरले अहिले झन्डै एक अर्ब रुपैयाँ ऋण लिएको बताइएको छ। कान्तिपुरले नेपाल इन्भेष्टमेन्ट बैंक लिड रहेको बैंकहरुको समूहबाट मात्रै ७० करोड रुपैयाँ ऋण लिएको छ । विनोदराज ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्टसँगै ग्लोबल, सनराइज, माछापुच्छ्रे र नेपाल बैंकले ७० करोडको क्रेडिट सीमा सहितको ऋण दिएका हुन् ।
कान्तिपुर पब्लिकेशनले कान्तिपुर, दि काठमाण्डू पोष्ट, नेपाल, नारी र साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो पनि कान्तिपुर पब्लिकेशनकै भगिनी संस्था हो । तर कान्तिपुर टेलिभिजन भने छुट्टै लगानी संरचनामा चलिरहेको छ । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनि छ ।
यसबाहेक कान्तिपुरसँग तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ ।
स्रोतका अनुसार गत आर्थिक वर्षमा कान्तिपुरले विज्ञापन र पत्रिकाको विक्री आय गरी कुल १ अर्ब ३५ करोड हाराहारीको कारोवार गरेको छ। कान्तिपुरको व्यवस्थापन निकटस्थ स्रोतका अनुसार कुल कारोवारको ३५ प्रतिशत मुनाफा बस्छ। गत आर्थिक वर्षमा उच्च नाफा भएकै कारण कान्तिपुरले आफ्ना कर्मचारीका लागि ३७ दिनको बोनस दिने घोषणा गरेको छ। एकपछि अर्को साझेदारलाई ठूलो रकम भुक्तानी गर्दै गएपछि कान्तिपुरमा पव्लिकेशनमा सिरोहिया परिवारको एक्लो लगानी भएको छ।
कान्तिपुरबाट छुट्टिएपछि सञ्चार क्षेत्रमै लगानी गर्ने सोचमा थापा रहनु भएको उनी निकट स्रोतले जनएको छ । यसका लागि थापाले कान्तिपुरकै पूर्व सम्पादक नारायण वाग्ले र अमित ढकाल लगायतसँग कुरा गरिसक्नुभएको छ। स्रोत भन्छ थापा नेपाली, अंग्रेजी दैनिक र टीभीमा समेत लगानी गर्ने तयारीमा रहनुभएको छ। लोकतन्त्रिक धारको सञ्चार माध्यम स्थापना गर्ने सोचका साथ थापाले काम अगाडि बढाउन चाहेको बताइएको छ। यद्यपी नयाँ पत्रिकाको दर्ता भने भएको छैन। टेलिभिजनको हकमा भने कुनै पुरानै टीभीको लाइसेन्स लिने सोचमा रहेको बताइएको छ ।

प्रकाशित मिति:
August 06, 2012