सिरहाको एक होटलमा बम विष्फोट, अर्को बम होटलभित्रै फेला
साउन २५ – सिरहाको एक होटलमा आज साँझ बम विस्फोट भएको छट । आज साँझपख सिरहाको खड्का होटलमा एउटा बम विस्फोट भएको हो भने अर्को बम राखिएको अवस्थामा फेला परेको छ ।
बम होटलको काउण्टरमा पड्किए पनि त्यस बेला त्यहाँ कोही पनि नभएकाले कुनै पनि मानविय क्षति भने नभएको बताइएको छ ।
बम विस्फोट कसले गराएको भन्नेबारे अहिलेसम्म केही पनि खुल्न सकेको छैन तर अहिले होटललाई भने सुरक्षाकर्मीले घेराहाली अनुसन्धान गरिरहेको छ ।
होटलभित्र अहिले कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । (सौजन्यः फोटो सम्बन्धित समाचार भन्दा बाहिरबाट)

प्रकाशित मिति:
August 09, 2012