साउन ६ – घरमा श्रीमती हुँदाहुँदै अर्कैकी श्रीमतीलाई लिएर भागेका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश अहिले भने भक्तपुरमा रहेको खुल्न आएको छ ।
अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य तथा स्ववियू सभापति बिना मगरलाई लिएर उनी भागेका थिए । उनै प्रकाश र बिना यति बेला भने भक्तपुरको बालकोटसाइडमा डेरा लिएर बसेको खुल्न आएको हो ।
यस्तै यस्तै रहस्यमय सामग्रीहरु खोजीमा निक्कै अगाडी रहेको जनआस्था साप्ताहिकले उनीहरु भक्तपुरको बालकोट साइडमा डेरा लिएर बसेको समाचार छापेको छ ।
समाचारमा स्रोतलाई उधृत गरिएपनि उनीहरु त्यही भए नभएको भने पुष्टि हुन बाँकी छ ।
प्रकाशले केटी लिएर भागेपछि आफ्नो फेसबुक एकाउन्ट समेत डिएक्टिभ गरेका थिए तर आजकल भने आक्कल झुक्कल फेसबुकमा आउने गरेका छन् ।
त्यसो त मंगलबार दिउँसो फेसबुक च्याटमा भेटिँदा उनले आफु भारततिर रहेको बताएको र ‘उसो भए मोबाइलबाट मिसकल दिनु न त’ भनेर उनलाई गरिएको अनुरोधको केही समयमै उनी फेसबुकको च्याट सम्पर्कबाट बाहिरीएको पनि उक्त पत्रिकाले छापेको छ ।
उनी पक्राउ परेमा बहुविवाहको अभियोगमा थुनामा पर्ने भएकाले उनीहरु गुपचुप रुपमा भक्तपुरतिर साथीहरुको सहयोगमा डेरा खोज्न व्यस्त रहेको र डेराको व्यवस्था भएपछि यतै बस्ने योजना रहेको जनाइएको छ ।
काठमाण्डौं आएपनि प्रकाशको नयाँ जोडी प्रचण्डसँगै भने नरहेको बताईएको छ । आमा सीता दाहालले मन पराएर मागेर विवाह भएकी प्रकाशकी माइली श्रीमती सिर्जनासँगको कानुनी सम्बन्ध कायमै रहेकाले तत्काल प्रकाशलाई सार्वजनिक रुपमा हिडडुल गर्न नसक्ने अवस्था छ ।