छोरो इन्टरनेटमा बिक्रीमा रहेको थाहा पाएपछि....
फेसबुकमा तपाईले कतिको आफ्नो, आफ्नो परिवारको, बालबच्चाको तस्बिर राख्नुहुन्छ। यदि राख्नुहुन्छ भने होसियार हुनुस। क्यानडाकी फोर्ट सेन्ट जोन सहरकी एक महिलाले आफ्नो छोराको तस्वीर फेसबुकमा राखेकै कारण उक्त बालक झण्डै बेचिन पुगेका थिए।
उनले केटाकेटीको खरीद बिक्रि गर्ने पि्रन्स जर्ज ब्वाय सेल एन्ड ट्रेड नामको वेबसाइटमार्फत आफ्नो छोरा बेचिन लागेको थाहा पाएपछि ती महिला झण्डै मुर्छा परिनन् । उनले आंपनी छोराको तस्बिर फेसबुकमा राखेकी थिइन् । अपराधिले बच्चाको तस्बिर फेसबुकबाटै लिएर केटाकेटी बेच्ने बेवसाइटलाई दिएछ ।
ती महिलाले जब आफ्नो छोरा अनलाइन मार्फत बिक्री हुन थालेको देखिन् उनले तुरुन्त प्रहरीलाई खबर गरिन् । प्रहरीले जाँचपछि ती बालकको फोटो बेभसाइटमार्फत हटाउन लगाएको छ र अपराधीको खोजविन कार्य तिब्र बनाएको जनाएको छ ।
रोयल क्यानाडियन माउन्टेन पुलिसका अधिकारी स्टीव पेरटका अनुसार यो मामिला एकप्रकारको साइबर अपराध हो । केही समयअघि पनि क्यानडामा अनलाइनमार्फत एक मरिसकेको कुकुर बेचिएको घटना सार्वजनिक भएको थियो । सौजन्यः समाचार– आसिटीनेपाल, फोटो: समाचार भन्दा बाहिरको
प्रकाशित मिति:
August 08, 2012