लामखुट्टे खोजेर नष्ट गर अभियान सुरु
साउन २४ – नवलपरासीमा डेङ्गु रोग नियन्त्रणका लागी गैँडाकोटस्थित बैकुण्ठ नगर महिला कृषक समूहले लामखुट्टे खोजेर नष्ट गर अभियान सञ्चालन गरेका छन् ।
पैँतीसजनाको टोलीले गैँडाकोटका घरघरमा पुगेर लामखुट्टेले फुल पार्नसक्ने सम्भावित वासस्थानलाई हटाउन र घरनजिक रहेका खाल्डामा पानी जम्न नदिन आग्रह गर्ने गरेका छन् ।
वर्षाको समयमा जमेको पानीमा सहजै लामखुट्टेले फुल पार्नसक्ने भएकाले घरमा उत्पादन हुने फोहरको व्यवस्थापन र खाल्डाखुल्डीमा पानी जम्न नदिन स्थानीयवासीलाई सुझाव दिने गरेको महिला कृषक समूहले बताएको छ ।
प्रकाशित मिति:
August 08, 2012