राष्ट्रपतिका विरुद्ध माओवादीद्वारा जनपरिचालनको घोषणा
भदौ २ – एकीकृत नेकपा माओवादीले राष्ट्रपतिले दुई अध्यादेश अस्वीकार गरेको विरोधमा जनपरिचालन गर्ने घोषणा गरेको छ ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपतिको कदम विरुद्ध सभा, गोष्ठी लगायतका कार्यक्रम गर्ने बताए ।
सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नु दुर्भाग्य भएको उनको भनाई छ ।
पत्रकारहरुसँग प्रवक्ता सापकोटाले राजनीतिक कारण देखाएर राष्ट्रपतिले अध्यादेश अस्वीकार गर्नु असंवैधानिक भएको बताए । राष्ट्रपतिसँग अध्यादेश रोक्ने वा पुनर्विचार गर्न सरकारलाई पठाउने विकल्प हुँदा हुँदै अस्वीकार गरेर मुलुकलाई मुठभेडमा पठाएको पनि बताए ।
हिजो राष्ट्रपति कार्यालयले हिजो निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९ र संविधानसभा सदस्य निर्वाचन अध्यादेश ऐन,२०६९ अस्वीकार गरेको थियो ।
प्रकाशित मिति:
August 18, 2012