गर्ल्सफ्रेन्डको अर्कैसँग बिहे गरिदिएपछि उनीसहित उनका पाँच परिवारको हत्या
भदौ २० (एजेन्सी) – आफ्नी गर्लफ्रेन्डको जबर्जस्ती अर्कैसँग विवाह गरिदिएपछि विक्षिप्त भएका एक युवकले सोमबार नयाँ दिल्लीमा ती केटी साथी र उनका परिवारसहित पाँच जनाको हत्या गरेका छन् ।
रवि नामका २५ वर्षीय ती युवकले अत्याधुनिक बन्दुकले ती केटीसाथी र उनका श्रीमानलाई सुरुमा गोली प्रहार गरी हत्या गरेका थिए । त्यसपछि उनले केटी साथीका बाबु र बहिनीको पनि हत्या गरेका बताइएको छ ।
P>
आफ्नी पूर्व केटीसाथीलाई आफूसँग विवाह गर्न नदिएको झोँकमा उनले यसअघि पनि केटीका आमाबुबासँग सामान्य रुपमा भनाभन गर्ने गरेका बताइएको छ ।
सोही रिसमा उनले आज सो हत्या गरेका बताइएको छ । उनले ती केटीसँग विवाह गर्न नपाएकोमा केटीका परिवारसँग निकै रिसाएको बताइन्छ ।
करिब एक वर्षअघि नै विवाह गरेको भए पनि हालसम्म पनि ती केटीसाथीसँग उनको सम्बन्ध रही आएको र सो सम्बन्धका बारेमा केटीका बुबा आमाले कुरा काट्ने गरेकाले उनी रिसाएका थिए ।
हातमा बन्दुक लिएर केटीको घरदेखि उसको माइतीसम्म पुगेर हत्या गरेको जानकारी भारतीय समाचार समिति पे्रस ट्रष्ट अफ इन्डियाले जनाएको छ ।
आफुलाई सो साथीसँग विवाह गर्न नदिएकोमा केटीका माइतीसँग ती युवक निकै रिसाएको जानकारी आपुूmहरुले पनि पाएको एकजना वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् ।
यो हत्यापछि उनले आफ्नो पनि हत्या प्रयास गरेको बताइएको छ । उनले आफैमाथि पनि गोली चलाएका थिए– ती प्रहरी अधिकारीले जानकारी दिए ।
तर ती युवकको अवस्थाका बारेमा भने थाहा हुन सकिरहेको छैन । उनको पनि मृत्यु भए वा नभएको बारेमा समाचारमा खुलाइएको छैन ।
भारतका आमाबाबुहरुले आफ्ना छोराछोरीका लागि आफूहरुले नै केटा केटी छान्ने गर्दछन् । तर आर्थिक समृद्धिसँगै भारतमा पनि केटा र केटीका बीचमा हुने प्रेम विवाहको प्रचलनमा पनि वृद्धि हुने गरेको छ ।
यसरी आमाबाबुले नै आवश्यक बरबधु रोज्ने र व्यवस्था गर्ने गर्नाले उनीहरुलाई थाहै नदिइकन केटाकेटीले आपसमा मन पराउने र विवाह गर्ने प्रक्रियाले उनीहरुलाई यस्तै आपराधिक क्रियाकलापमा पनि उन्मुख गराउने गरेको पाइन्छ ।
भारतीय पत्रिका टाइम्स अफ इन्डियाले रविले अत्याधुनिक बन्दुक लिएको र अर्काे पनि खतरनाक हतियार आफ्नो साथमा रहेको पाइएको समाचारमा दिएको छ ।
भारतमा सर्वसाधारण नागरिकले यस्ता शक्तिशाली हतियार राख्ने अनुमति लिन निकै कठिन छ । तरपनि अवैध रुपमा हतियार उत्पादन र बिक्री वितरणको बजार भारतमा पनि दैनिक रुपमा बढ्दो रुपमा रहेको पाइएको छ ।
अपराध कर्ममा सम्लग्न हुनेहरुले यस्तै अवैध बजारबाट हतियार खरिद गर्ने गरेको पाइन्छ । हालैका केही वर्षहरुयता भारतमा यस्ता अवैध हतियारहरु ठूलो सङ्ख्यामा देखिन थालेका छन् । यस विषयमा आवश्यक प्रतिक्रियाका लागि प्रहरी अधिकारीहरु भने उपलब्ध हुन सकेनन् । - फाइल तस्वीर
प्रकाशित मिति:
September 05, 2012