नेकपा माओवादीद्वारा आजदेखि भारतीय नम्बरका गाडी चल्न निषेध, फर्कन भने दिइने
असोज ११ – नेकपा माओवादीले आजदेखि भारतीय नम्बर प्लेटका सवारी साधन र उच्छृंखल तथा अश्लिल फिल्महरु चल्न नदिने भएको छ ।
पार्टी प्रवक्ता पम्फा भुषालले बुधबार एक प्रेस विज्ञप्ति निकालेर यो कुराको जानकारी दिएकी हुन् ।
माओवादीले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास, नेपाली नागरिकको रोजगारीको संरक्षण, नेपाली लगानीको सदुपयोग र भारतमा नेपाली यातायात संचालनमा रोकले पैदा गरेको असमानतालाई ध्यानमा राखेर असोज ११ गतेदेखि नेपाल भित्र भारतीय नम्बर प्लेटका गाडीहरु चल्न नदिने निर्णय गरेको हो । तर नेपाल भित्र्याइएका यातायातका साधनहरुलाई भारत फर्कन भने कुनै अवरोध नगरिने बताइएको छ ।
प्रवक्ता भुषाललद्वारा जारी विज्ञप्तिमा नेपाल र नेपालीप्रति अपमान गर्ने, वितृष्णा जगाउने, अश्लिल तथा साँस्कृतिक विकृति फैलाउने हिन्दी चलचित्र प्रदर्शनमा समेत रोक लगाउने निर्णय भएको उल्लेख छ ।
नेकपा माओवादीले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको समृद्धि, राष्ट्रिय स्वाधीनता र सम्मानको अभियानमा सम्पूर्ण देशभक्त, व्यवसायी र आम नागरिकहरुलाई सहयोग र समर्थन गर्न पनि अपिल गरेको छ ।

प्रकाशित मिति:
September 27, 2012