• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » प्रचण्ड बाबुरामले क्रान्तिमा विश्वासघात गरे, झण्डा झुक्न दिन्नौँ : माओवादी
प्रचण्ड बाबुरामले क्रान्तिमा विश्वासघात गरे, झण्डा झुक्न दिन्नौँ : माओवादी


असोज २५ – नेकपा–माओवादीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले क्रान्तिप्रति विश्वासघात गरेको भन्दै जनमुक्ति सेना निर्माणको घोषणा गरेको छ ।

माओवादीले आफूलाई क्रान्तिको वास्तविक नायक भएको ठाने पनि खलनायक भएको टिप्पणी गर्दै क्रान्तिको झण्डा झुक्न नदिने उदघोष समेत गरेको छ ।

माओवादीले जनस्वयं सेवक ब्यूरोको बुधबार राजधानीमा उदघाटनका क्रममा यस्तो घोषणा जायर गरेको हो ।
उक्त उदघाटनका क्रममा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आवश्यक परे जुनसुकै आन्दोलन गर्न पनि पार्ट तयार रहेको बताए ।

उनले कार्यक्रममा भट्टराईलाई सत्ताको मात लागेको भन्दै एमाओवादी, कांग्रेस, एमालेको सत्ताको लुछाचुँगीमा आफू नभएको जनाए ।

उनले मानव अधिकार उल्लंघनका आरोपी राजु बस्नेतलाई बढुवा गरेको विरोधमा ज्ञापन पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेको कार्यकर्ताले लाठी चार्ज गरेकोमा बाबुरामको कडा रुपमा विरोध समेत गरे ।

उक्त कार्यक्रममा चन्दले भने ब्यूरोको महाधिवेशनबाट नयाँ युद्धको सुरुवात भएको घोषणा गरे ।

प्रकाशित मिति: October 11, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |