• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » १ रुपैयाँ अभियानले बनायो ७ लाख
१ रुपैयाँ अभियानले बनायो ७ लाख


असोज २२ – एक रुपैयाँ सङ्कलन अभियानले पनि ठूलै परिमाणमा रकम सङ्कलन गर्न सकिन्छ भन्ने गतिलो सन्देश तनहुँको एक धार्मिक संस्थाले दिएको छ ।

जिल्लाको देवघाटमा बस्दै आएका वृद्धवृद्धाको पालनपोषणका लागि देवघाट क्षेत्र विकास समितिले थालेको एक रुपैयाँ अभियानले हालसम्म रु सात लाख सङ्कलन गर्न सफल भएको हो ।

जिल्लाको देवघाट क्षेत्र विकास समिति देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रमका लागि ज्येष्ठ नागरिक संरक्षण सम्वद्र्धन र सम्मान कार्यक्रमअन्तर्गत थालेको अभियानमा उक्त रकम सङ्कलन भएको हो ।

केन्द्रले २०६७ साउनदेखि एक रुपैयाँ अभियान थालिएको समितिका अध्यक्ष खिमलाल भण्डारीले जानकारी दिए । एक रुपैयाँ अभियानले रु एक करोड पु¥याउने लक्ष्यअनुरूप अभियान थालिएको समितिका अध्यक्ष भण्डारीले बताए । उनका अनुसार उक्त सङ्कलित रकम अक्षयकोषमा राखी त्यसबाट आएको ब्याजले वृद्धवृद्धाका लागि पालनपोषणमा खर्च गरिनेछ ।

हाल देवघाटमा विभिन्न जिल्लाका गरी करिब ३५ जना वृद्धवृद्धा रहेका छन् ।

समितिले एक दिनमा एक जनाले वृद्धवृद्धालाई खाना खुवाउने अभियान समेत थालेकाले वर्षभरि नै त्यहाँका वृद्धवृद्धा भोजन गर्न पाउने स्थानीय समाजसेवी भुवन गुरुङको भनाई छ ।

उक्त अभियानपछि सङ्कलित रकमको ब्याजबाट आएको रकमले समयमा नै वृद्धवृद्धाहरूले खानपान गर्न पाएका छन् ।

प्रकाशित मिति: October 08, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |