• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » माओवादीबाट पटक–पटक छलकपट : कांग्रेस
माओवादीबाट पटक–पटक छलकपट : कांग्रेस

असोज २२ – नेपाली काँग्रेसले एकीकृत नेकपा माओवादीलाई तत्काल विश्वास गर्न नसकिने निष्कर्ष निकालेको छ ।

असोज महिनाभित्रै राष्ट्रिय सहमतिको सरकार बनाउन एकीकृत नेकपा माओवादी इमान्दार नदेखिएको ठहर समेत कांग्रेसले गरेको छ ।

महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा आज बसेको पदाधिकारी र प्रभावशाली नेताहरूको बैठकले यस्तो ठहर गरेको हो ।

उक्त बैठकले माओवादीले पटक पटक छलकपट गर्दै विगतका सहमति कार्यान्वयन गर्न आनाकानी गरिरहेकाले तत्काल विश्वास गर्न नसकिने निष्कर्ष निकालेको हो ।

बैठकपछि काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा मुलुकलाई निकास दिने विषयमा गम्भीर छलफल भएको भन्दै मुलुकलाई राजनीतिक र संवैधानिक निकास दिन दलहरूबीच पछिल्लोपटक भएका सहमति कार्यान्वयन गर्न पहल गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको बताए ।

प्रकाशित मिति: October 08, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |