• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, Prawas » साइप्रसमा एक नेपालीको मृत्यु, आफन्त सम्पर्कमा नआएको एनआएनको भनाई
साइप्रसमा एक नेपालीको मृत्यु, आफन्त सम्पर्कमा नआएको एनआएनको भनाई


वैदेशिक रोजगारीका लागि साइप्रस पुगेकी एक नेपालीको त्यहाँ मृत्यु भएको छ ।

हाउसमेट भिसामा साइप्रस पुगेकी नेपाली रेनु शेर्पाको निधन भएको हो । उनी काठमाडौको बौद्ध जोरपाटी नयाँ बस्ति–२ निवासी भएको जानकारी प्राप्त भएको एनआरएन साइप्रसले जनाएको छ ।

साइप्रसको लारनाका भन्ने शहरमा लामो समयदेखी काम गर्दै आएको र पछिल्लो केही महिनादेखी गैरकानुनी रुपमा बस्दै आएकी शेर्पाले यही अक्टुबर ६ को राती नेपाली दाजुभाई र दिदिबहिनीहरुसँग पार्टीमा खानपिन गर्ने क्रममा साइप्रस इमिग्रेसनले छापा मार्दा भाग्ने क्रममा एक्कासी उनी पाचौँ तल्लाको झ्यालबाट हामफालेर बच्ने क्रममा जमिनमा खस्दा सख्त घाइते भएकी थिइन् ।

पछि उनलाई साइप्रस प्रहरीले अस्पताल लगि उपचारका लागि भर्ना गरे पनि उपचारकै क्रममा अक्टुबर ७ को दिन बिहान ८ बजे उनको दुःखद निधन भएको हो ।

उक्त घटनामा एनआरएन साईप्रसले दुःख व्यक्त गर्दै उनको परिवारको अहिलेसम्म कुनै पनि ठेगाना नभएकाले र आफ्नो संस्थाले गर्नुपर्ने सहयोगको लागि समस्या परेको हुनाले उनको आफन्तजनलाई चिन्नुहुने जो कोहीले पनि एनआरएन साईप्रस समाजसँग सम्पर्क गरिदिन हुन अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: October 08, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |