• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की

फागुन १६ । नेकपा एमालेको पार्टी मुख्यालय वल्खुमा जारी केन्द्रीय कमिटि बैठकमा मन्त्री चयनका लागि अस्पतालमा बैठक राखेको, गैरसभासदलाई मन्त्री बनाएको र मन्त्रिपरिषदलाई समावेशी बनाउन नसकेको भन्दै माधव नेपालले आपत्ति जनाएपछि बैठकमा चर्काचर्की भएको छ । 

मन्त्री चयनका लागि ग्राण्डी अस्पतालमा स्थायी समितिको बैठक बोलाएको भन्दै नेपालले त्यसको चर्को विरोध गरेका थिए । उनले पछिल्लो समय नेतृत्वले आफुलाई पाखा लगाउँन खोजको समेत आरोप लगाएका थिए ।  ‘बैठक अस्पतालमा राखेर  नियम र पद्दती मिच्ने काम भएको छ,’ उनको भनाई उध्रित गर्दै एक केन्द्रिय सदस्यले भने, ‘कोही नेता विरामी भएर अस्पताल भर्ना हुँदा बैठक र पार्टी केन्द्र पनि त्यतै लैजाने हो भने पार्टीको नीति नियम र पार्टी मुख्यालयको के काम ?’ नेपालले उपाध्यक्ष एवम् नवनियुक्त उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफुमाथि लगाएको आरोपको समेत प्रतिकार गरेका थिए । यसैगरी बैठकमा केन्द्रीय सदस्य उर्वादत्त पन्त र रामपृत पासवानले मन्त्री चयनमा समावेशी नभएको भन्दै नेतृत्वको आलोचना गरेका थिए । पन्तले सुदुरपश्चिमलाई हेला गरेको भन्दै आलोचना गरेका थिए भने पासवानले मधेशको समावेशी प्रतिनिधित्व नभएको भन्दै गुनासो गरेका थिए । 

सचिव विष्णु पौड्यालले भने बैठकमा त्यस्तो चर्काचर्की केही नभएको बताए । ‘बैठकले सामुहिकरुपमा मन्त्रीरिषद्मा सहभागी मन्त्रीहरुलाई बधाई दियो,’ उनले भने, ‘मन्त्री चयनका बारेमा त्यस्तो असन्तुष्टि कसैको रहेको पाइएन ।’ वरिष्ठ नेता नेपालले त मन्त्री चयनलगाएतका विषयमा बैठकमा गम्भीर असन्तुष्टि व्यक्त गर्नु भएछ नि ? भनेर सोधेको प्रश्नमा भने पौड्यालले नेपाल सम्माननीय नेता भएको भन्दै उहाँले व्यक्त गरेका र भनेका भनाईको वारेमा आफुले खण्डन नगर्ने जवाफ दिए ।  ‘उहाँ सम्माननीय नेता हुनुहुन्छ,’ पौड्यालले भने, ‘उहाँ बैठकमा कसरी प्रस्तुत हुनुभयो, के भन्नुभयो भनेर म उहाँको आलोचना गर्दिन ।’

प्रकाशित मिति: February 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |