विद्यार्थीलाई छक्याई-छक्याई डिग्री सेमेस्टार परीक्षा

यसअघि त्रिविले एक दैनिकमा सुचना निकालेर फागुन १७ गते विभाग रहेको क्याम्पसमा नै प्रवेश परीक्षा हुने जनाएपनि त्यसो नहुने भएको छ ।
सुचनामा कीर्तिपुर बाहेक अन्य स्थानमा रहेका केन्द्रीय विभागहरुबाट भर्नाका लागि आवेदन फाराम भरेका विद्यार्थीहरुको प्रवेश परीक्षा तोकिएकै समयमा सम्बन्धित केन्द्रीय विभागमा नै हुने भनिए पनि पछिल्लो पटक समय र स्थान नै परिवर्तन भएको छ ।
पत्रकारिता केन्द्रीय विभाग रत्नराज्य लक्ष्मी क्याम्पस भृकुटी मण्डपमा रहेपनि त्यसको परीक्षा समेत शनिबार दिउँसो २ बजे कीर्तिपुरमा नै गरिने भएको हो । प्रवेश परीक्षा लिन आउने विद्यार्थीहरुलाई २ बजे कीर्तिपुरमा प्रवेश परीक्षा हुने जानकारी दिँदै विभागले पठाएको छ ।
सेमेस्टार प्रणालीमा १२ विद्यार्थी संगठनले विरोध गर्दै आएकोमा बाहिरी क्याम्पसमा परीक्षा गर्दा सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै परीक्षा कीर्तिपुरमा नै गर्न लागेको बताइएको छ ।
बिना तयारी सेमेस्टार लागू गर्न लागेको तथा शुल्क समेत महंगो बनाएको भन्दै १२ विद्यार्थी संगठनले यसअघि नै विभागहरुमा ताला लगाएका छन् । तर त्रिविले भने भित्रभित्रै फर्मको सट्टा निवदेनलाई मान्यता दिँदै आवश्यक दस्तुर लिएर विद्यार्थीलाई प्रवेश परीक्षा पत्र उपलब्ध गराएको थियो ।
कीर्तिपुरमा भने फर्म वितरणका क्रममा बाक्लो सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो ।
प्रवेश परीक्षा सञ्चालन गर्दा पनि प्रहरी घेरामा नै गर्न लागिएको हो ।
सेमेस्टारको नेविसंघ, अनेरास्ववियू तथा अखिल क्रान्तिकारीले समर्थन गरे पनि वैद्य माओवादी निकट अखिल क्रान्तिकारी लगायत १२ विद्यार्थी संगठनले भने तयारी बिना नै सेमेस्टार गरिएको भन्दै विरोध जनाईरहेका छन् । उनीहरुले विश्व बैंकको अनुदानका लागि मात्रै त्रिविले कुनै पूर्वधार नै तयारी नगरी सेमेस्टार प्रणाली लागू गर्न खोजिरहेको आरोप समेत लगाएका छन् ।
प्रकाशित मिति:
February 28, 2014