• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » विद्यार्थीलाई छक्याई-छक्याई डिग्री सेमेस्टार परीक्षा
विद्यार्थीलाई छक्याई-छक्याई डिग्री सेमेस्टार परीक्षा

फागुन १६ । सेमेस्टार प्रणालीमा विवाद बढेपछि पेलेरै भएपनि सेमेस्टार लागू गर्ने पक्षमा त्रिभुवन विश्वविद्यालय देखिएको छ ।

यसअघि त्रिविले एक दैनिकमा सुचना निकालेर फागुन १७ गते विभाग रहेको क्याम्पसमा नै प्रवेश परीक्षा हुने जनाएपनि त्यसो नहुने भएको छ ।

सुचनामा कीर्तिपुर बाहेक अन्य स्थानमा रहेका केन्द्रीय विभागहरुबाट भर्नाका लागि आवेदन फाराम भरेका विद्यार्थीहरुको प्रवेश परीक्षा तोकिएकै समयमा सम्बन्धित केन्द्रीय विभागमा नै हुने भनिए पनि पछिल्लो पटक समय र स्थान नै परिवर्तन भएको छ ।

पत्रकारिता केन्द्रीय विभाग रत्नराज्य लक्ष्मी क्याम्पस भृकुटी मण्डपमा रहेपनि त्यसको परीक्षा समेत शनिबार दिउँसो २ बजे कीर्तिपुरमा नै गरिने भएको हो । प्रवेश परीक्षा लिन आउने विद्यार्थीहरुलाई २ बजे कीर्तिपुरमा प्रवेश परीक्षा हुने जानकारी दिँदै विभागले पठाएको छ ।

सेमेस्टार प्रणालीमा १२ विद्यार्थी संगठनले विरोध गर्दै आएकोमा बाहिरी क्याम्पसमा परीक्षा गर्दा सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै परीक्षा कीर्तिपुरमा नै गर्न लागेको बताइएको छ ।

बिना तयारी सेमेस्टार लागू गर्न लागेको तथा शुल्क समेत महंगो बनाएको भन्दै १२ विद्यार्थी संगठनले यसअघि नै विभागहरुमा ताला लगाएका छन् । तर त्रिविले भने भित्रभित्रै  फर्मको सट्टा निवदेनलाई मान्यता दिँदै आवश्यक दस्तुर लिएर विद्यार्थीलाई प्रवेश परीक्षा पत्र उपलब्ध गराएको थियो ।

कीर्तिपुरमा भने फर्म वितरणका क्रममा बाक्लो सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो ।
प्रवेश परीक्षा सञ्चालन गर्दा पनि प्रहरी घेरामा नै गर्न लागिएको हो ।

सेमेस्टारको नेविसंघ, अनेरास्ववियू तथा अखिल क्रान्तिकारीले समर्थन गरे पनि वैद्य माओवादी निकट अखिल क्रान्तिकारी लगायत १२ विद्यार्थी संगठनले भने तयारी बिना नै सेमेस्टार गरिएको भन्दै विरोध जनाईरहेका छन् । उनीहरुले विश्व बैंकको अनुदानका लागि मात्रै त्रिविले कुनै पूर्वधार नै तयारी नगरी सेमेस्टार प्रणाली लागू गर्न खोजिरहेको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति: February 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |