एमाओवादीका उम्मेदवारले आठ लाखमा मत बचेको रहस्य खुल्यो

माओवादीको अबध राज्य समितिकी सदस्य पाण्डेय र कांग्रेसका आचार्य दुवै कपिलवस्तु ४ का उम्मेदवार थिए। सात सय ८६ मत पाएर पराजय भोगेको नतिजा सार्वजनिक भएपछि ४४ वर्षीया पाण्डेयले खसी काटेर आफ्ना नेता र कार्यकर्तालाई भोजसमेत खुवाएको खबर अन्नपूर्णमा छापिएको छ । कपिलवस्तुमा समानुपातिकतर्फ खसेको ४५ हजार नौ सय ५४ मतमध्ये एमाओवादीले पाँच हजार दुई सय १४ मतमात्र प्राप्त गरेको थियो।
अन्तर्घातका यस्ता प्रकृतिका अन्य उजुरी पनि समितिमा परेका छन्। समितिले बिहीबारदेखि केन्द्रीय कार्यालयमा प्राप्त उजुरीमाथि अध्ययन थालेको छ। तोकिएको अन्तिम दिन बिहीबारसम्म परेका उजुरीका आधारमा अन्तरघात छानबिन समितिले घात गर्नेलाई कारबाहीको सिफारिस गर्नेछ। उजुरी केलाउन बसेको समितिको बैठकमा सहभागी नेता आफैं आश्चर्यचकित भएका छन्।
'पैसा खाएको र पैसा लिएको देखेको जस्ता गम्भीर प्रकृतिका उजुरी परेका छन्', समितिका संयोजक हरिबोल गजुरेलले भने, 'गर्नै नहुने खालका अन्तरघातका उजुरी पनि छन्।' निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन विपक्षी राजनीतिक दलबाट पैसा लिएर अन्तरघात गरेका उजुरीलाई एमाओवादीले छानबिन दायरामा ल्याएको छ।
निर्वाचनमा उम्मेदवारी दिने बेलादेखिका असन्तुष्टिका कारण गरिएका अन्तरघात र बिनाकारण अन्तरघात गरिएको आधारमा उजुरी वर्गीकरण गरिने गजुरेलले बताए। उनले भने, 'प्राथमिकताका आधारमा अन्तरघातको प्रकृति वर्गीकरण गरेर छानबिन अघि बढाउँछौं।'
उनका अनुसार उम्मेदवार मात्रै होइन, उम्मेदवार सिफारिस गर्ने निकाय पनि त्यत्तिकै भ्रष्ट देखिएको उजुरी पनि परेका छन्। तराई मधेसमा उम्मेदवारी आफ्नो पक्षमा पार्न सिफारिस गर्ने जिल्ला र राज्यका नेतालाई पैसा दिएका र मोटरसाइकल किनिदिएका उजुरी पनि एमाओवादी मुख्यालयमा परेका छन्। 'तराई मधेसमा बढी अन्तरघात भएका उजुरी आएका छन्', गजुरेलले भने, 'ती उजुरीलाई हामीले गम्भीर रूपमा लिएका छौं।'
स्रोतका अनुसार कपिलवस्तु ५ बाट उम्मेदवार बनेका ४५ वर्षीय जावेदआलम खाँले उम्मेदवारी सिफारिस गर्ने नेतालाई मोटरसाइकल र पैसा उपलब्ध गराएको उजुरी पनि परेको छ। खाँले एक हजार तीन सय २२ मत प्राप्त गरेका थिए।
एमाओवादी केन्द्रीय समितिको माघ २ देखि १८ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार पराजित हुनुमा अन्तरघातलाई पनि एउटा कारण मानेपछि गजुरेलको नेतृत्वमा विश्वनाथ साह, डिलाराम आचार्य, नवराज सुवेदी र धर्मशिला चापागाईं सदस्य रहेको समिति गठन गरेको थियो।
गजुरेलका अनुसार उजुरीका आधारमा स्थलगत अध्ययन गरेर प्रतिवेदन बनाउने तयारी गरिएको छ। 'समाजको विकृति र विसंगतिको असर पार्टीभित्र प्रशस्त परेको देखिन्छ', गजुरेलले भने, 'एउटै उजुरी दोहो:याएर पनि आएको छ। एकले अर्कोलाई आरोपप्रत्यारोप गरेका उजुरी पनि परेरेवटी सापकोटाले लेखेको समाचारमा उल्लेख छ ।
प्रकाशित मिति:
February 28, 2014