• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी

फडिन्द्र अकिञ्चन, माघ ३ – राजधानीमा बर्डफ्लू बिगबिगीपछि स्वाईनफ्लू समेत भेटिएको अवस्थामा कास्कीमा पनि बर्डफ्लू भेटिएको छ ।


कास्कीको पोखरा उपमहानगरपालिका तीन स्थान र सराङकोट गाविसको एक स्थानमा बर्डफ्लू भेटिएको हो ।
क्षेत्रीय पशु सेवा निर्देशनालय पोखराले यस विषयमा जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
निर्देशनालयले पशु चिकित्सकसहितको रेपाईड रेस्पन्स टिम (आरआरटी) परिचालन गरी संक्रमण भेटिएका कुखुरापालन केन्द्रहरुलाई संक्रमण मुक्त बनाउने काम भईरहेको जानकारी दिएको छ ।

बाटुलेचौरमा ११० कुखरा, काउसेघारीमा ८ सय २८ र सिम्पानीमा एक सय पाँच कुखुरा नष्ट गरिएको छ ।
निर्देशनालयले गत माघ एक गते कास्कीमा वर्ड फ्लुको भेटिएको र बुधबार सेदीवगरबाहेक तीन स्थानमा कुखुरा नष्ट गर्नेलगायतका संक्रमण मुक्त बनाउने कार्य भईरहेको जानकारी दिएको छ । सेदी वगर पनि चाडै सो अभियान शुरु हुने जनाइएको छ ।

निर्देशनालयका निर्देशक डा. बंशी शर्माले जैविक सुरक्षा विधि प्रयोग गर्न र कुखुरामा केही विरामी देखिएका तुरुन्त सम्बन्धित निकायमा खवर गर्न आग्रह गरेका छन् । उनले कास्कीमा अन्यत्र यसको संक्रमण फैलने सम्भावना नरहेको जानकारी दिए ।
डा. वंशी शर्माले पोखराको काउसेघारी, सिम्पानी र बाटुलेचौर र सराङकोट गाविसको सेदी वगरमा एचफाइभ र एच नाईनको सम्मिश्रण भेटिएको जानकारी दिए ।

कास्कीमा व्यवसायिक र घरपालुवा गरी १० लाख कुखुरापालन भईरहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |