पार्टीभित्रको विवादले संविधानमा असर पार्न हुन्न : नेपाल

आज पेप्सीकोलास्थित नेक्सस् इन्टरनेसनल एकेडेमीको आठौँ वार्षिकोत्सव कार्यक्रममा नेता नेपालले भने, 'अहिले हरेक पार्टीभित्र विवाद छ तर सबै मिलेर एकताबद्ध भई मुलुकलाई अघि बढाउनु जरुरी छ।'
नेता नेपालले जनादेशअनुसार नेपाली काँग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने बताए । नेपाली संस्कार र संस्कृतिप्रति गौरवबोध गर्न आग्रह गर्दै उनले जातजातिका आधारमा विभाजन गरेर मुलुकलाई खाडलमा धकेल्न नहुने बताए। कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। रासस
प्रकाशित मिति:
March 01, 2014